राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्का पदमुक्त


राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्का पदमुक्त

राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्का पदमुक्त भएका छन् । राष्ट्रियसभाका सचिवले बुधबार सूचना प्रकाशित गर्दै राजनीतिक दलसम्बन्धी ऐनअनुसार खड्का पदमुक्त भएको जानकारी दिएका हुन् ।

माओवादी केन्द्रले खड्कालाई एमाले प्रवेश गरेको भन्दै कारबाही गरेपछि उनी पदमुक्त भएका हुन् ।