हाललाई सीमा बन्द नगर्ने


हाललाई सीमा बन्द नगर्ने

काठमाडौं । चैत १४
सरकारले हाललाई सीमा बन्द नगर्ने निर्णय गरेको छ । भारतमा कोरोना बढिरहेको सन्दर्भमा सीमा बन्द गर्ने माग भने बढ्दै गएको छ । सोमबारको मन्त्रीपरिषदको बैठकले भारतसँगको स्थलगत सीमा बन्द नगर्ने निर्णय गरेको छ ।

सीमा नाका नेपालीलाई खुला गरिएपनि गैरनेपालीलाई भने आवतजावत गर्न दिइएको छैन । सीमा नामा भएर नेपाल भित्रिने नागरिको पिसिआर परीक्षण गरेर उचित व्यवस्थापन गरिने सरकारले जनाएको छ ।