गण्डकी प्रदेशसभा बैठक भोलिसम्मका लागि स्थगित, सांसदहरुको पीसीआर परीक्षण गरिने


[ss_social_share]
लेखक : लेखापढी      १४ बैशाख २०७८, मंगलवार १६:१५ मा प्रकाशित     
गण्डकी प्रदेशसभा बैठक भोलिसम्मका लागि स्थगित, सांसदहरुको पीसीआर परीक्षण गरिने

सत्तारुढ एमालेले अवरुद्ध गरेपछि रोकिएको गण्डकी प्रदेशसभा बैठक कोरोना परीक्षणपछि सुरु हुने भएको छ । गण्डकी प्रदेशसभाको विशेष अधिवेशनको दोस्रो बैठक सत्ता पक्षको अवरोधका कारण स्थगित भएको हो ।

एमालेले सबै सांसद र प्रदेशसभाका कर्मचारीको पीसीआर परीक्षण नहुँदासम्म बैठक चल्न नदिने अडान लिएपछि बैठक अवरुद्ध भएको थियो । एमालेका सांसदहरु आफ्नो स्थानमा उठेर निरन्तर विरोध जनाएपछि सभामुखले २० मिनेटका लागि बैठक स्थगित गरेका थिए ।

प्रदेशसभा सदस्य कृष्णबहादुर थापाका अनुसार मंगलबार सांसदहरुको पिसिआर परीक्षण गरिने छ । उक्त परीक्षणको रिपोर्ट आए पछिमात्र बस्ने गरी बुधबार दिउँसो १ बजेका लागि प्रदेशसभा बैठकको अर्को मिति तोकिएको उनले बताए ।

100% LikesVS
0% Dislikes
Spread the love !
  • 548
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    548
    Shares