ठकुरी समाज महासंघ नेपालका रास्ट्रिय अध्यक्ष सिके सिंहको निधन


[ss_social_share]
लेखक : लेखापढी      १४ बैशाख २०७८, मंगलवार १३:३५ मा प्रकाशित     
ठकुरी समाज महासंघ नेपालका रास्ट्रिय अध्यक्ष सिके सिंहको निधन

काठमाडौँ- ठकुरी समाज महासंघ नेपालका केन्द्रिय अध्यक्ष चन्द्र कुमार सिंह (सिके सिंह) को उपचार गर्ने क्रममा निधन भएको छ । 

May be an image of 8 people, including Chandra K Singh, people standing and indoor काठमाडौ स्तिथ Hams Hospital मा उपचारको क्रममा हिजो १३ गते राती ११ बजे उहाको निधन भएको हो । कोभिड-१९ संक्रमण भएर अस्पत्ताल भर्ना हुनु भएका  सिंह बिगत लामो समय देखि विभिन्न संघ-संस्थामा रही समाजसेवामा सक्रिय रहदै आउनु भएको थियो ।
कञ्चनपुर उद्योग बाणिज्य संघका पुर्व सदस्य सिके सिंह सफल पर्यटन ब्यबसायी समेत थिए ।

सिंह बेदकाेट-७, सुडा, कंचनपुर सुदुरपस्चिम निवासी सिंह एक चर्चित एबं कुशल समाजसेवी हुनुहुन्थ्यो । ठकुरी समाजमा बिशेष सक्रिय रही देशभर ठकुरी हकहित एबं बिकासमा उहाको बिशेष योगदान रहेको देखिन्छ ।

दिबंगत सिंह ठकुरी महासंघमा रही अन्य जात जाति एबं भाषा संस्कृतिमा बिशेष चासो राखी सम्पूर्ण नेपालीलाई एकताको सुत्रमा गास्न विभिन्न सम्म्मेलन आयोजना गर्दै आउनु भएको जानकारी प्राप्त छ । 

सिंह एक कुशल नेतृत्वकर्ता, दुरदर्शी एबं नयाँ युवा पुस्ताको लागि उदाहरणीय व्यक्तित्त्व रहदै आउनु भएको थियो । 

100% LikesVS
0% Dislikes
Spread the love !
  • 1.1K
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1.1K
    Shares