राजस्थानको एउटा गाउँ जहाँ आजसम्म काेही कोरोनाबाट संक्रमित भएनन्, जान्नुहोस कसरी


लेखक : लेखापढी      १४ बैशाख २०७८, मंगलवार १४:२१ मा प्रकाशित     
राजस्थानको एउटा गाउँ जहाँ आजसम्म काेही कोरोनाबाट संक्रमित भएनन्, जान्नुहोस कसरी

विश्व कोरोना महामारीको दोश्रो लहरले आक्रान्त छ । यसमा पनि भारत सबै भन्दा बढी प्रभावित छ । भारतका विभिन्न राज्यहरुमा यस समय अक्सीजन, अस्पतालमा बेडको कमी भइरहेको छ । कोरोना भयावह रुपमा फैलिरहेको छ । यस विषम परिस्थितिमा पनि भारतको राजस्थानमा एउटा गाउँ छ जहाँ आजसम्म एक जना पनि कोरोनाबाट संक्रमित भएका छैनन । यो गाउँ पुरै रुपमा सुरक्षित छ । आउनुहोस आज हामी यस बारे चर्चा गर्नेछौं ।

यो गाउँ भारतको राजस्थानको सीकर जिल्लामा पर्ने सुखपुरा गाउँ हो, जुन हामी यहाँ चर्चा गरिरहेका छौं । राजस्थानको यो सुखपुरा गाउँ कोरोना भाइरसको महामारीबाट पुरै रुपमा सुरक्षित छ । यसको पछाडी त्यस गाउँमा बस्ने व्यक्तिहरुको अनुसासन र सावधनी महत्वपूर्ण रहेका छन् । पछिल्लो वर्ष कोरोना भाइरसबाट भारत लगायन विश्वमा लकडाउन चलिरहेको थियो, तब यस गाउँबासीले त्यस गाउँमा प्रवेश गर्ने सबै मूल बाटोहरु बन्द गरेको थियो । यसका साथै यस गाउँमा प्रवेश गर्ने सबैलाई कोरोना जाँच पनि गरेको थियो ।

एकातर्फ पुरै विश्व कोरोना भाइरसको संक्रमणबाट प्रभावित भइरहेको थियो, कोरोना भाइरससँग जुझिरहेको थियो भने अर्काे तर्फ अरावी को पहाडि को तलहटी रहेको करिव ३००० जनसंख्या रहेको सुखपुरा गाउँमा आजसम्म कुनै संक्रमण भएको छैन । पछिल्लो वर्ष लकडाउनका सामयमा गाउँ र स्थानीय प्रशासन मिलेर सबै बाटोहरु बन्द गरिएका थिए । बाहिर बाट आउने व्यक्तिहरुलाई गाउँको बाहिर आइसोलेसन र क्वारेन्टाइन बनाइइका थिए ।

आइसोलेशन र क्वारेन्टाइन सेन्टरमा बस्ने व्यक्तिहरुका लागि स्थानीय बासिन्दाहरुले खानापानीको व्यवस्था गरेका थिए । यस गाउँमा सरसफाइको पनि विशेष ध्यान दिइएको थियो । यही सबका कारण गाउँका सर्ब व्यक्तिहरु कोरोनाबाट आजसम्म सुरक्षित रहेका छन् ।

कोरोना कारण भारतको राजस्थानको अवस्था खराब रहेको छ । तथापि सुखपुरा गाउँ मात्र एउटा यस्तो गाउँ छ सायद भारत भरिको एउटा यस्तो गाउँ जहाँ कोरोनबाट पुर्ण रुपमा सुरक्षित रहेको छ, जुन एउटा उदाहरणीय बनेको छ । अमर उजालाबाट

50% LikesVS
50% Dislikes
Spread Your Love !!!