दिपक मनाङेबाट स्वतन्त्र हैसियत माग


[ss_social_share]
लेखक : लेखापढी      १४ बैशाख २०७८, मंगलवार १०:३८ मा प्रकाशित     
दिपक मनाङेबाट स्वतन्त्र हैसियत माग

कास्की । वैशाख १४
गण्डकी प्रदेशका सांसद राजीव गुरुङ (दिपक मनाङे) ले प्रदेश सभाका स्वतन्त्र सांसदका लागि अलग्गै चेयरको व्यवस्था गर्न माग गरेका छन् । उनी वि.स. २०७४ को प्रदेश सभामा स्वतन्त्र रुपमा मनाङ ख बाट निर्वाचित भएका थिए । राजीवले आफू स्वतन्त्र सांसद भएकोले आफ्ना लागि अलग स्थान मिलाइदिन प्रदेशको संसद सचिवालयमा निवेदन दर्ता गराएका छन् ।

उनले निर्वाचित भएको सात महिनापछि सपथ लिएर नेकपामा प्रवेश गरेका थिए । नेकपाको विघटन गरेपछि उनले आफू स्वतन्त्र सांसद भएको बताउँदै आएका छन् । अहिले उनी मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको विपक्षमा उभिएका छन् ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •