सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्विकार


लेखक : लेखापढी      १४ बैशाख २०७८, मंगलवार ००:०१ मा प्रकाशित     
सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्विकार

काठमाडौं । वैशाख १३
सर्वोच्च अदालतले नेकपा (एमाले) का माधव नेपाल लगायतका नेताहरुले आफूमाथि हुन लागेको कारवाही रोकी पाउँ भनेर दिएका रिटमा अन्तरिम आदेश दिन अस्विकार गरेको छ ।

माधव नेपाल लगायतका नेताहरूले सर्वोच्चमा हालेको रिटको सुनुवाइ गर्दै न्यायाधिश प्रकाश ढुंगानाको इजालासले स्पष्टिकरण मात्र सोधिएको कारवाही नभएको अहिलेको अवस्थामा माग दावी अनुसार अन्तरिम आदेश दिन नपर्ने भनेको छ ।

’पार्टीमा स्पष्टिकरण सोधिएको भर मात्र माग गरे बमोजिमको अन्तरिम आदेश जारी गर्नुपर्ने देखिएन ।‘ उक्त इजलासको आदेशमा भनिएको छ ।

माधव नेपाल लगायतका नेताहरूलाई किन स्पष्टिकरण सोधिएको हो, उनीहरुको मागे अनुसारको अन्तरिम आदेश किन नदिने लगायतका प्रश्नको जवाफ १५ दिनभित्र दिन विपक्षीहरूलाई आदेश दिइएको छ ।

नेकपा (एमाले) का माधव नेपाल लगायतका नेताले पार्टी अध्यक्ष केपी शर्मा ओली लगायतका लाई विपक्षी बनाएर रिट हालेका थियो । सो रिटमा आफूहरुलाई संसदबाट हटाउन स्पष्टिकरण सोधिएकोले त्यसरी नहटाउन अन्तरिम आदेश माग गरिएको थियो ।

100% LikesVS
0% Dislikes
Spread Your Love !!!