माओवादी केन्द्र अब नयाँ संरचनामा


लेखक : लेखापढी      १४ बैशाख २०७८, मंगलवार २२:२६ मा प्रकाशित     
माओवादी केन्द्र अब नयाँ संरचनामा

काठमाडौं । वैशाख १४
नेकपा (माओवादी केन्द्र) नयाँ संरचनामा जाने भएको छ । आज वैशाख १४ गते बसेको स्थायी समितिको बैठकले नयाँ विधान संशोधन प्रस्तावलाई पारित गरेर केन्द्रीय कमिटीमा प्रस्तुत गर्ने भएको छ । यो संशोधन प्रस्ताव केन्द्रीय समितिबाट पारित भएपछि लागु हुनेछ ।

अबको नयाँ संशोधित विधानका अनुसार अब सबै कमिटीमा ३५ प्रतिशत महिला र २० प्रतिशत दलितको उपस्थिति अनिवार्य हुनेछ । त्यसरी नै सबै समितिका पदाधिकारीमा एक महिला अनिवार्य हुने छ । त्यस्तै २० प्रतिशत युवाको उपस्थिति अनिवार्य हुनेछ । केन्द्रीय कमिटीमा दलित समूदायबाट १५ प्रतिशत र अरु कमिटीमा जनसंख्याको अनुपातमा २ प्रतिशत थप गरेर सहभागी गराउने निर्णय भएको छ । अब माओवादी केन्द्र बहुपदाधिकारी प्रणालीमा जाने र केन्द्रीय कमिटीमा बढीमा २ सय ९९ सदस्य हुने बताइएको छ ।

सर्वोच्च अदालतले नेकपा विघटन गर्नु, आफ्ना कतिपय नेताकार्यकर्ता नेकपा (एमाले)को ओली गुटमा लागेर पूर्व पार्टी र नेताको विरोध गर्नाले लथालिङ्ग बनेको माओवादी केन्द्रलाई सांगठनिक रुपमा बलियो बनाउन यो निर्णय कतिको प्रभावकारी हुन्छ, हेर्न बाँकी नै छ ।

100% LikesVS
0% Dislikes
Spread Your Love !!!