निषेधाज्ञा लगाउने अधिकार जिल्ला प्रशासनलाई ः उपत्यकामा लकडाउन अवधि थप


[ss_social_share]
लेखक : लेखापढी      १४ बैशाख २०७८, मंगलवार ०९:३६ मा प्रकाशित     
निषेधाज्ञा लगाउने अधिकार जिल्ला प्रशासनलाई ः उपत्यकामा लकडाउन अवधि थप

काठमाडौं । चैत १४
जिल्ला प्रशासनले कोरोना संक्रमितको संख्या हेरेर निषेधाज्ञा लगाउन सक्नेछन् । पहाडी एवम् हिमाली जिल्लामा सक्रिय संक्रमित भएमा २ सय र काठमाडौं उपत्यकाको हकमा ५ सय पुगेपछि सम्बन्धित जिल्लाका स्थानिय प्रशासनले कम्तिमा पनि १५ दिन निषेधाज्ञा लागु गर्नुपर्ने हुन्छ ।

सोमबार बसेको मन्त्रीपरिषदको बैठकले यो अधिकार जिल्ला प्रशासनलाई दिएको छ । उपत्यकाका तीन जिल्ला प्रशासनले एक साता निषेधाज्ञा लगाउने निर्णय गरेपनि अब यी जिल्लामा पनि १५ दिन निषेधाज्ञा लागु हुनेछ । निषेधाज्ञा गर्दा जिल्ला प्रशासनले नागरिकलाई केही समय दिएर गर्नुपर्छ । यसले गर्दा मानिसहरू आफ्नो ठाउँमा जान सक्नेछन् ।

निषेधाज्ञा अवधिमा शैक्षिक संस्था पूर्णतः बन्द हुने, अनलाइन कक्षा निरन्तर चल्ने सरकारले जनाएको छ । नेपाल बाहिरबाट प्रवेश गर्ने नागरिकलाई सीमामा पिसीआर परीक्षण गरेर होल्डिङ सेन्टरमा राख्ने निर्णय गरिएको छ तर विदेशीको हकमा भने पिसिआर रिपोर्ट देखाए पनि १० दिन क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय गरिएको छ । निषेधाज्ञा अवधिमा सार्वजनिक र निजी सवारी साधन बन्द हुनेछन् । अत्यावश्यक सेवा, पासवाला र विमानस्थल जाने सवारीलाई जान दिइने छ ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •