चिकित्सक तथा स्वास्थ्यकर्मीले लामो बिदा नपाउने


लेखक : लेखापढी      १४ बैशाख २०७८, मंगलवार २३:४३ मा प्रकाशित     
चिकित्सक तथा स्वास्थ्यकर्मीले लामो बिदा नपाउने

काठमाडौं । वैशाख १४
नेपाल सरकारले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई लामो विदा नदिने भएको छ । कोभिड–१९ को दोस्रो लहर आएसँगै अस्पतालमा बिरामीको संख्या बढेपछि सरकारले यो निर्णय गरेको हो ।

स्वास्थ्य मन्त्रालयको आज बसेको सचिवस्तरीय बैठकले लामो विदामा बसेका कर्मचारीलाई समेत तुरन्त कार्यालयमा हाजिर हुन पत्राचार गर्ने निर्णय गरेको छ । यस्तै कार्यरत जनशक्ति मध्ये ५० प्रतिशत जनशक्तिको पालो निर्धारण गरी सेवा दिने व्यवस्था गर्ने निर्णय पनि भएको छ ।

बैठकले अस्पतालको स्वीकृत दरबन्दीअनुसार कुनै पद रिक्त भएमा तत्काल जनशक्ति व्यवस्थापन गर्ने निर्णय पनि गरेको छ । यस कार्यका लागि ६ महिनाको करार सेवामा लिने व्यवस्था मिलाइनेछ । स्वास्थ्यका कर्मचारीलाई आलोपालो प्रणाली लागु हुने भएको छ । बैठकले स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरुमध्ये ५० प्रतिशत जनशक्तिको पालो निर्धारण गरी सेवा दिने व्यवस्था मिलाउने निर्णय गरेको हो ।

यस्तै उपलब्ध स्वास्थ्य शैया, जनशक्ति, कोभिड–१९ संक्रमित बिरामीहरुको संखया आदिका आधारमा अस्पतालले बहिरंग सेवा, सर्जरीलगायतका सेवा हाललाई स्थगित गर्ने निर्णय गरेको मन्त्रालयले जनाएको छ तर आकस्मिक उपचार भने सुनिश्चित गरिएको छ । बैठकले सघन उपचार तथा आकस्मिक उपचार सम्बन्धी आवश्यक उपकरण र अक्सिजनको व्यवस्था गर्ने निर्णय समेत गरेको छ ।

100% LikesVS
0% Dislikes
Spread Your Love !!!