फ्लोर क्रस गर्ने एमालेबाट निर्वाचित कर्णाली प्रदेशका चार सांसद पदमुक्त


लेखक : लेखापढी      १३ बैशाख २०७८, सोमबार १६:४५ मा प्रकाशित     
फ्लोर क्रस गर्ने एमालेबाट निर्वाचित कर्णाली प्रदेशका चार सांसद पदमुक्त

सुर्खेत : फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने  एमालेबाट निर्वाचित कर्णाली प्रदेशसभामा प्रतिनिधित्व गर्ने कर्णाली प्रदेशसभाका चारजना सांसद पदमुक्त भएका छन् ।

पार्टीको ह्विपविपरीत फ्लोर क्रस गरेका सांसदहरु सल्यान प्रदेशसभा (ख)बाट निर्वाचित प्रकाश ज्वाला, कालिकोट प्रदेशसभा (क)बाट निर्वाचित कुर्मराज शाही, डोल्पा प्रदेशसभा (क)बाट निर्वाचित नन्दसिंह बुढा र दैलेख क्षेत्र नं. १ (ख)बाट निर्वाचित अमरबहादुर थापा पदमुक्त भएका हुन् ।

मुख्यमन्त्री शाहीले मन्त्रिपरिषद पुनरगठन गर्दै एमालेको ह्वीप उलंघन गर्दै फ्लोर क्रस गरेका चारजना सांसदमध्ये तीनजनालाई मन्त्री बनाइएका थिए। एमालेका सांसद अमरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई मन्त्रीको जिम्मेवारी दिएका थिए।

सांसदहरु पदमुक्त भएसँगै ४० सदस्यीय कर्णाली प्रदेशसभा सांसदको संख्या ३५ मा झरेको छ । सभामुखसहित एमालेका १६, माओवादीका १२, कांग्रेसका ६ र राप्रपाका १ जना सांसद छन् ।

50% LikesVS
50% Dislikes
Spread Your Love !!!