ओस्कर २०२१ मा नोमेडल्याण्ड उत्कृष्ट फिल्म, क्लोइ चाओ उत्कृष्ट निर्देशक, क–कसले जिते अवार्ड ?


लेखक : लेखापढी      १३ बैशाख २०७८, सोमबार १६:०८ मा प्रकाशित     
ओस्कर २०२१ मा नोमेडल्याण्ड उत्कृष्ट फिल्म, क्लोइ चाओ उत्कृष्ट निर्देशक, क–कसले जिते अवार्ड ?

क्लोई चाउ निर्देशित ‘नोम्याडल्यान्ड’ ९३ औं ओस्करमा उत्कृष्ट फिल्म घोषित भएको छ । ओस्कर पुरस्कारको इतिहासमा यो अवार्ड जित्ने उनी दोस्री महिला हुन् । चाउले निर्देशनतर्फ ओस्कर जित्ने दोस्रो महिलाको इतिहास बनाएकी छिन् । यस अवार्ड जित्ने क्लोई पहिलो एसियन महिला हुन्  ।

  ‘नोम्याडल्यान्ड’ ले उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशक र उत्कृष्ट नायिकाको अवार्ड हात पारेको छ ।

कुन विधामा क–कसले जिते अवार्ड ?
चलचित्र : नोम्याडल्यान्ड
निर्देशक : क्योल चाउ, नोम्याडल्यान्ड
अभिनेता : एन्थोनी हप्किन्स, द फादर
अभिनेत्री : फ्रान्सिस म्याकडोरम्यान्ड, नोम्याडल्यान्ड
सहअभिनेत्री : यु जोङ उन, मिनारी
सहअभिनेता : डेनियल कालुइया, जुडास एन्ड ब्ल्याक मसाइहा
एडप्टेड पटकथा : द फादर
मौलिक पटकथा : प्रमिसिङ योङ वुमन
कस्ट्युम डिजाइन : मा रेइनिज ब्ल्याक बटम
ओरजिनल स्कोर : सोल
एनिमेटेड सर्ट फिल्म : इफ एनिथिङ ह्यापेन्स आई लभ यू
डकुमेन्ट्री फिचर : माई अक्टोपस टिचर
अन्तर्राष्ट्रिय फिचर : एनादर राउन्ड, डेनमार्क
ध्वनि : साउन्ड अफ मेटल
प्रोडक्सन डिजाइन  : म्यांक
सम्पादन : साउन्ड अफ मेटल
छायांकन : म्यांक
भिजुअल इफेक्ट : टेनेट
एनिमेटेड फिचर फिल्म : सोल
मेकअप एन्ड हेयरस्टाइल : मा रेइनिज ब्ल्याक बटम
ओरजिनल सङ : फाइट फर यु, जुडास एन्ड द ब्ल्याक मसाइह

50% LikesVS
50% Dislikes
Spread Your Love !!!