काेभिडबारे छलफल गर्न उपत्यकाका सुरक्षा अधिकारीबीच बैठक सुरु


लेखक : लेखापढी      १३ बैशाख २०७८, सोमबार ११:०६ मा प्रकाशित     
काेभिडबारे छलफल गर्न उपत्यकाका सुरक्षा अधिकारीबीच बैठक सुरु

कोरोना सङ्क्रमण बढ्दो अवस्थालाई मध्यनजर गरेर काठमाडौं उपत्यकाका तीनवटा जिल्ला प्रशासन कार्यालय प्रमुुख जिल्ला अधिकारी र सुरक्षा निकाय बीच अहिले छलफल चलिरहेको छ ।
बैठक अहिले काठमाडौं जिल्ला प्रशासनको कार्यालयमा चलिरहेको छ । हिजो जिल्ला प्रशासन कार्यालयबाट प्रदान गर्ने अत्यावश्यक बाहेकका सेवा एक साताका लागि बन्द गर्ने निर्णय गरे लगतै आज अर्को छलफलमा चलेको हो ।

देशका केही जिल्लामा निषेधाज्ञा जारी रहेको बेला काठमाडौं उपत्यकामा आगामी दिनमा के रणनीति बनाउने भनेरै छलफलमा जुटेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

निषेधाज्ञा लगाउने वा नलगाउने भन्ने विषयमा छिटटै निर्णयमा पुग्ने उहाँले बताउनुभयो । यसको साथै कोरोना संक्रमण रोकथामको उपायका विषयमा गहन छलफलमा जुटेको उहाँले बताउनुभयो । जिल्ला प्रशासन कार्यालयबाट प्रदान हुने अत्यावश्यक बाहेकका सेवा आजदेखि एक साताका लागि बन्द भइसकेका छन् ।

अत्यावश्यकमा शान्ति सुरक्षा संग सम्बन्धित निवेदन र मुद्दासंग सम्बन्धित कार्य सहित अन्य अत्यावश्यक सिफारिसका सेवा सुचारु हुने उहाँले जानकारी दिनुभयो ।

यसै गरि नयाँ नागरिकता, नागरिकता प्रतिलिपि र नाबालक परिचय पत्र , राहदानी विवरण तथा सिफारिश, हातहतियार दर्ता नवीकरण संस्था दर्ता तथा नवीकरण र पत्रपत्रिका दर्ता लगायतका सेवा आज बाट बन्द भएका छन् । याे समाचार गाेरखपत्र दैनिकमा मुकुन्द गैरे लेलेखेका छन् ।

50% LikesVS
50% Dislikes
Spread Your Love !!!