त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित


लेखक : लेखापढी      १३ बैशाख २०७८, सोमबार २३:३२ मा प्रकाशित     
त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित

काठमाडौं । चैत १३
त्रिभुवन विश्वविद्यालयले स्नातक र स्नात्तकोतर तहका सबै परीक्षा अर्को सूचना नआउँदासम्मका लागि स्थगित गरेको छ ।

विश्वविद्यालयको केन्द्रीय परीक्षा सञ्चालन समितिको आज बसेको बैठकले वैशाख १४ गतेदेखि लागु हुने गरेर सबै वार्षिक एवम् सेमेष्टरका परीक्षा अर्को सूचना नआएसम्म रोक्ने निर्णय गरेको छ ।

कोभिड १९ को दोस्रो लहर आएका कारण देशका विभिन्न ठाउँमा निषेधाज्ञा जारी भएकोले परीक्षा सञ्चालन गर्ने नसकिने अवस्था सिर्जना भएको विश्वविद्यालयले जनाएको छ ।

त्रिविले आइतबारका परीक्षा भने सञ्चालन गरेको थियो।

100% LikesVS
0% Dislikes
Spread Your Love !!!