म्यानचेस्टर सिटीले इएफएल फुटबलको उपाधि हासिल


लेखक : लेखापढी      १३ बैशाख २०७८, सोमबार ००:०६ मा प्रकाशित     
म्यानचेस्टर सिटीले इएफएल फुटबलको उपाधि हासिल

काठमाडौँ । प्रिमियर लिग लिडर म्यानचेस्टर सिटीले काराबाओ कप (इएफएल) फुटबलको उपाधि जितेको छ ।
प्रिमियर लिग फुटबलको उपाधिको नजिक भएको सिटीले आइतबार भएको फाइनल खेलमा टोटेनहमलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि उचाल्न सफल भएको हो । 

सिटीलाई जित दिलाउन एम्रिक लापोर्टेले निर्णायक गोल गरे । पहिलो हाफमा गोल रहित बारबरी खेलेको सिटीका लागि खेलको ८२ औं मिनेटमा लापोर्टेले गोल गरेका थिए ।

 सिटीले आठौँपटक काराबाओ कपको उपाधि जितेको छ । सिटीले लिभरपुलसँग काराबाहो कपको सर्वाधिक उपाधि जित्ने क्लबको बराबरी गरेको छ । 

लिरपुलले पनि ८ पटक काराबाआ कपको उपाधि जितेको छ ।

100% LikesVS
0% Dislikes
Spread Your Love !!!