अवैध तरिका पंखा र स्पिकर भित्र सुन जडान गरि ल्याउदा विमानस्थलमा पक्राउ


[ss_social_share]
लेखक : लेखापढी      १३ बैशाख २०७८, सोमबार २३:०४ मा प्रकाशित     
अवैध तरिका पंखा र स्पिकर भित्र सुन जडान गरि ल्याउदा विमानस्थलमा पक्राउ

काठमाडौँ- बिदेशबाट नेपाल आउने नेपालीले पंखा र स्पिकरमा सेट गरेर ल्याउदा चेकजाचको क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको छ । दुवईबाट ल्याएको ८ सय ६१ दशमलव ८२ ग्राम सुन त्रिभुवन विमानस्थल भन्सार कार्यालय र प्रहरीले बरामद गरेको हो ।

वायुसेवा निगमको उडानबाट सुन लिएर आउने धादिङ खनियावास–१ घर भएका सन्दिप तामाङलाई पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी राजेश नाथ बास्तोलाले बताएका छन्। स्पिकर र पंखामा सेट गरिएका दुईवटा बिस्कुट र एक थान सुनको बाला लिएर सन्दिप काठमाडौं ओर्लिएका थिए । अवैध तरिकाले सुन ल्याएको बारे विमानस्थल भन्सार कार्यालयले थप अनुसन्धान गरिरहेको छ ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •