बर्तमान राजनीतिमा जङ्गबहादुरको प्रभाव !!


लेखक : लेखापढी      १२ बैशाख २०७८, आईतवार १२:३० मा प्रकाशित     
बर्तमान राजनीतिमा जङ्गबहादुरको प्रभाव !!

नेपालको आधुनिक इतिहासमा अनेकन शक्तिशाली शासकहरु देखापरेका छन, जसले राजाको अधिकारलाई सिमित पारी आफ्नो तानाशाही शासन चलाएर आफ्नो स्वार्थपुर्ती गर्न सक्षम भएका छ्न। त्यसमध्ये इतिहासले नबिर्सेको र पुकार्ने एउटा नाम हो जङ्गबहादुर, जसले पर्वमाथी पर्वहरु (कोत पर्ब,औलो पर्ब, भण्डारखाल पर्ब) गरि राज्यको सर्वोच्च अधिकार आफ्नो हातमा लिई एक  शताब्दीसम्म आफ्नो पारिवारिक शासनको सुत्रपात गरेका थिए।

जङ्गबहादुरलाई राजा जस्तै लोभलाग्दो पद चाहिएकाले राजाबाट श्री ३ महाराजको पदबी हासिल गर्न सफल भए । यसै दिन नेपालको प्रधानमन्त्री पदमा  जङ्गबहादुरको सन्तान दर सन्तानमा पुस्ता पुस्ता सरेर जाने अधिकार पनि दिइयो ।

जङ्गबहादुरलाई राजा जस्तै लोभलाग्दो पद चाहिएकाले राजाबाट श्री ३ महाराजको पदबी हासिल गर्न सफल भए । यसै दिन नेपालको प्रधानमन्त्री पदमा  जङ्गबहादुरको सन्तान दर सन्तानमा पुस्ता पुस्ता सरेर जाने अधिकार पनि दिइयो । यसका साथै राजाको महत्त्वपूर्ण अधिकार कट्टौति गर्दै जङ्गबहादुर र उनका भाईहरुलाई दिलाउन सफल भए। यसपछि प्रधानमन्त्रीमा उनले आफ्ना भाइ बमबहादुरलाई प्रधानमन्त्री बनाए तर जङ्गबहादुर श्री ३ महाराज बनिरहे ।

के खोज्छस नेता ? कुर्सी !! भनेझै  जङ्गबहादुर प्रधानमन्त्री भएदेखी नै षड्यन्त्रको  बिज रोप्न थालिसकेका थिए जसले गर्दा  नेपाली राजनीतिमा जालझेल, षड्यन्त्र, हत्याको भरमा शक्ति प्राप्त गर्ने र सत्ता टिकाईराख्ने  परम्पराको शुरूवाती भयो। सत्ता प्राप्त गर्ने परिपाटी षड्यन्त्रमा मात्र सिमित रहेन पछि गएर आफ्नै परिवारका सदस्यहरुको पनि निर्मम तरिकाले हत्या गर्न शासकहरु पछि परेनन् । नेपालको राजनितीमा १०४ बर्षलाई एक अध्यारो कालखण्डको संज्ञा दिन सकिन्छ किनभने राणाहरुले देशको लागि भन्दा पनि परिवारिक हितमा मात्रै बढी ध्यान दिएकोले गर्दा यो देशले १०४ बर्षसम्म त्यस्तो कुनै उपलब्धिपुर्ण बिकास गर्न सकेन । राणाहरुले देशको हितभन्दा बढी प्राथमिकता आफ्नो परिवार नातागोता र आफ्नो पक्षका मान्छेहरुलाई दिएजस्तै शाह बंशले पनि निरन्तरता दिएकै हो। ठिक  त्यसै गरि बर्तमानमा नेताहरुले पनि त्यही परम्परालाई प्राथमिकता दिएको कुरा नकार्न भने मिल्दैन ।

नेपालको राजनितीमा १०४ बर्षलाई एक अध्यारो कालखण्डको संज्ञा दिन सकिन्छ किनभने राणाहरुले देशको लागि भन्दा पनि परिवारिक हितमा मात्रै बढी ध्यान दिएकोले गर्दा यो देशले १०४ बर्षसम्म त्यस्तो कुनै उपलब्धिपुर्ण बिकास गर्न सकेन ।

“कि त हस्तिनापुरको राज, कि त चपरिमुनिको बाँस” उखानले भनेजस्तै जङ्गबहादुर जहिले पनि शक्तिका उपासक थिए र शक्तिका लागि उनलाई कसैको मोह थिएन । उनमा हस्तिनापुरको राजा भएर राज गर्ने रहर थियो । जङ्गबहादुरलाई राजा जस्तै लोभलाग्दो पद चाहिएकाले राजाबाट श्री ३ महाराजको पदबी हासिल गर्न सफल भए । यसै दिन नेपालको प्रधानमन्त्री पदमा  जङ्गबहादुरको सन्तान दर सन्तानमा पुस्ता पुस्ता सरेर जाने अधिकार पनि दिइयो । यसका साथै राजाको महत्त्वपूर्ण अधिकार कट्टौति गर्दै जङ्गबहादुर र उनका भाईहरुलाई दिलाउन सफल भए । यसपछि प्रधानमन्त्रीमा उनले आफ्ना भाइ बमबहादुरलाई प्रधानमन्त्री बनाए तर जङ्गबहादुर श्री ३ महाराज बनिरहे । बमबहादुरको मृत्युपछि कार्यबाहक प्रधानमन्त्रीका रुपमा कृष्णबहादुर बने तर उनलाई ३५ दिनमै पद त्याग गर्न लगाई सो प्रधानमन्त्री पद फेरि जङ्गबहादुले नै लिए ।

ठिक जङ्गबहादुरलाई  प्रधानमन्त्रीको कुर्सी  मोह जस्तै  बर्तमान प्रधानमन्त्री के पि शर्मा ओलिमा पनि स्पष्ट रुपमा त्यहि देखिएको छ। प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटनको कदमलाई सर्वोच्चले असंबैधानिक ठहर गर्दै खारेज भएपछी नैतिकताका आधारमा राजिनामा दिने आसमा अरु दल भए पनि लामो समयसम्म  त्यो पूरा भएन

भनिन्छ इतिहास नै भबिस्यको मार्गदर्शन हो । ठिक जङ्गबहादुरलाई  प्रधानमन्त्रीको कुर्सी  मोह जस्तै  बर्तमान प्रधानमन्त्री के पि शर्मा ओलिमा पनि स्पष्ट रुपमा त्यहि देखिएको छ। प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटनको कदमलाई सर्वोच्चले असंबैधानिक ठहर गर्दै खारेज भएपछी नैतिकताका आधारमा राजिनामा दिने आसमा अरु दल भए पनि लामो समयसम्म  त्यो पूरा भएन।  कांग्रेस र माओबादी लगायत दलले प्रधानमन्त्री के पि ओलि बिरुद्द अबिश्वासको प्रस्ताब दर्ताको तयारी गर्दागर्दै ओलिको प्रस्तावमा राष्ट्रपतिले सोमबार प्रतिनिधिसभाको हिउदे अधिबेशन अन्त्य गरिदिएकी हुन। शङकर सहयोगि छ्न त भयङकरको के को डर भनेझै प्रधानमन्त्रीलाई रास्ट्रपतिको नै छत्रछाया भैसकेपछी उनका कदमा रोकावट त आउने कुरै भएन। भारतसंगको सम्बन्धमा बहिरो राष्ट्रवाद तर अन्तमा लम्पसारवाद भएपनि जनताको नजरमा आफुलाई अब्बल दर्जाको राष्ट्रबादी देखाउन भने उनी कहिलै चुकेका छैनन् । 

”गँडयौला अघि पनि बढन सक्छ र पछि पनि हटन सक्छ” भनेझै नेपाली राजनीतीमा दुबै कार्य गर्न सक्ने भनेकै प्रचण्ड हुन । कहिले देउवासंग त कहिले ओलीसंग, अहिले आएर राजनैतीक सत्ताकै दाउपेचका लागि माधब नेपालसँग मिलेर आफ्नो असहमतिमा बढी जोड  दिईरहेका छ्न। 

काठमाडौमा आयोजित नेपाल उधोग बाणिज्य महासंघको ५५ औ बार्षिक साधारण सभा तथा उधोग बाणिज्य दिवसको उद्दाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले  बिकास बिरोधिहरु सरकार परिवर्तनको खेलमा लागेका र मुलुकमा अस्थिरता निम्त्याउन खोज्नेहरु शकुनि हुन र उनले संसदीय अंक गणितलाई दुरुपयोग गर्ने सकुनीका गोटि नै आफुले फ्याकिदिने चेतावनी पनि दिएका थिए। आफ्ना बिरोधी सबैलाई निष्कासन गरेर अकन्टक राज गर्ने ओलिको सपना पनि हुन सक्छ। प्रधानमन्त्री ओलिले जति पासा फाले त्यो सबै उनकै पक्षमा पल्टिरहेको थियो तर कर्णाली प्रदेश  सभाका एमाले संसदिय दलका नेता यामलाल कडेल हठाथ उत्तानो परेर लडे अनि पहिलोपल्ट राजनितिको पासा प्रधानमन्त्री ओलिको विपक्षमा पल्टिँयो।

सरल रेखामा राजनीति कहिले पनि जादैन राजनिती चल्ने भनेकै बक्र रेखामा हो, अझै त्यही माथी नेपालको राजनीति कहिले पो सरल रेखामा चलेको छ र ! नेपालको राजनीति भनेकै जालझेल, छलकपट षड्यन्त्रमै आधारित भएको कुरा सबैलाई सर्वबिदितै  छ। राजा राजेन्द्रको अस्थिरता निति  जङ्गबहादुरले राम्ररी बुझेका थिए । अत: आफ्नो शक्ति र पदलाई दिगो बनाउन जङ्गबहादुर जति सक्यो छिटो राजा राजेन्द्र शाहलाई गद्दीच्युत  गरि सुरेन्द्र शाहलाई राज सिंहासनमा राख्न चाहान्थे । त्यसका लागि उनलाई निहु चाहिएको थियो  । अत: उनले आफुलाई मार्न राजा राजेन्द्रले हातहतियार सहित मानिसहरु  पठाए भन्ने आरोप लगाई बि स १९०४ जेठ १३ का दिन राजा राजेन्द्रलाई गद्दिच्युत गरि बिधिवत रुपमा सुरेन्द्रलाई  नयाँ राजा घोषित गरे । आफू विरुद्ध षड्यन्त्र गरिरहेकि महारानी लक्ष्मी देबिलाई देश निकला गर्न पनि समर्थ भए। राजा राजेन्द्रले भने जसरी भए पनि आफ्नो गुमेको अधिकार फिर्ता लिन चाहन्थे र त्यसका लागि उनले जङ्गबहादुरले राखेका सर्तहरु मान्दै गए । तर राजेन्द्रलाई यो कार्यबाट कुनै सफलता मिलेन झन उल्टो यहि मौकालाई आधार बनाई जङ्गबहादुरले नै धेरै फाईदा उठाए।

कसैले पनि संघीय संसदलाई जिवन्त जनमुखी चलायमान र गतिशिल बनाउनका लागि काम गरेका छैनन, न त लोकतान्त्रिक मुल्य-मान्यता र आदर्शलाई नै स्थापित गर्नका लागि गरेका छ्न। 

अहिले बर्तमान परिपेक्षमा नेपालको राजनीती हेर्ने हो भने पनि यहि परिपाटी लागु भएको देख्न सकिन्छ। तीन बर्ष अघि एकीकृत भएका नेकपा (एमाले) र माओबादी केन्द्रबीच आएको औपचारिक फुट आयो । फुट आउनुको कारण  भनेकै कुनै सैद्धान्तिक बैचारिक बहसबिना सत्तास्वार्थका कारण एकीकृत हुनु हो। एकीकृत भएकै बिन्दुदेखी तिब्र रुपमा अगाडी बढेको प्रतिगमन अहिले त्यही दम्भ र द्वन्दको अधिनायकवादि पराकाष्ठा सर्वसत्तावाद शृङ्खलाको उत्कर्षमा पुगेको हो । प्रचण्ड आफुले पनि सत्ता प्राप्तिका आशाले प्रधानमन्त्री के पी ओलिसंग सहमती गरि उनले राखेका सबै सर्तहरु मान्दै गए, तर जब प्रधानमन्त्रीले उनको सहायताले राजनितीक पासा आफ्नो पक्षमा पल्टाएको थाहा पाए  तब उनले सडक देखि सदनसम्म माहोल नै परिवर्तन गर्न लागीपरे ।  “गँडयौला अघि पनि बढन सक्छ र पछि पनि हटन सक्छ’ भनेझै नेपाली राजनितीमा दुबै कार्य गर्न सक्ने भनेकै प्रचण्ड हुन । कहिले देउवा संग त कहिले ओलि संग, अहिले आएर  राजनैतीक सत्ताकै दाउपेचका लागि माधब नेपाल संग मिलेर आफ्नो असहमतिमा बढो जोड  दिईरहेका छ्न। अध्यक्ष ओलि संग नझुक्ने अभिव्यक्ति र एमाले छोड्न नसक्ने मनस्थितिको बिरोधाभास माधबकुमार नेपाल अल्झिनुपर्ने मुख्य कारण बनेको छ।

जङ्गबहादुर सुरुदेखी नै अङ्ग्रेजहरुलाई रिझाउने प्रयास गरिरहेका थिए र त्यसबेला अंग्रेज़हरुले नेपालमा आफ्नो पक्कड अझ मजबुत पनि बनाईरहेका थिए ।

कम्युनिस्ट सिद्धान्तका प्रतिपादक कार्ल मार्क्सले जङ्गबहादुरलाई आफ्नो पुस्तक “मार्क्स नोटस अन इण्डियन हिस्ट्री” ६६५-१८५८ नामको जर्मन पुस्तक जसको अङ्ग्रेजी संस्करण तत्कालिन सोभियत युनियनबाट प्रकाशित भएको थियो । जहाँ उनले जङ्गबहादुरलाई  अङ्ग्रेजको कुकुर अर्थात ईंग्लिश डग म्यान भनेर लेखेका छ्न । जङ्गबहादुर सुरुदेखी नै अङ्ग्रेजहरुलाई रिझाउने प्रयास गरिरहेका थिए र त्यसबेला अंग्रेज़हरुले नेपालमा आफ्नो पक्कड अझ मजबुत पनि बनाईरहेका थिए । उनले आफ्नो मौकाको भरपुर उपयोग गर्दै जानिजानी अङ्ग्रेजहरुको साथ र सपोट गरे र बिरोधिहरुलाई लखेटदै आफ्नो स्थित मजबुत बनाएका थिए। शेर बहादुर देउबाले  भारत बिरोधी नारा लगाएर चुनाब जितेको ओलि अहिले भरतको टाङमुनी पुगिसकेको टिप्पणी गरेका छ्न। यिनिहरु राष्ट्रबादी होइनन खाली अपरचुनिस्ट मात्रै हुन भनेर भनेका छन। अर्कोतर्फ हेर्ने हो भने राष्ट्रिय  हितको सवालमा दृढतापुर्वक अगाडि बढ्नुको सट्टा माओबादी केन्द्र भने बिदेशी शक्तिका लागि कम्फर्टेबल  सरकार बनाउन तयार छ।

सर्वोच्चको फैसलासंगै तीन बर्ष अघि एकीकृत भएका नेकपा एमाले र माओबादी केन्द्रबिच आएको औपचारिक फुटको प्रभाव रहेकै बेला चुनाब भयो भने जनमत आफ्नो पाल्टोमा आउछ भन्ने आकलन देउबाको छ । हुन त नयाँ  सत्ता समीकरणका लागि कांग्रेस सभापति शेरबहादुर देउबा र जसपाका अध्यक्ष महन्थ ठाकुर साचो हुन । यी दुबै नेता सत्ता समीकरण बदल्ने भन्दा पनि बैकल्पिक सरकार बन्न नदिएर मुलुकलाई चाडै निर्वाचनमा लैजाने कसरत भित्रभित्रै गरिरहेका छन । जेठा मामाको त भाङग्राको धोती, कान्छा मामाको के गति”  भनेझै  सबैले आफुलाई सत्तामा स्थापित गर्नकै लागि खेल खेलिरहेका छ्न । कसैले पनि संघिय संसदलाई जिवन्त जनमुखी चलायमान र गतिशिल बनाउनका लागि काम गरेका छैनन, न त लोकतान्त्रिक मुल्य-मान्यता र आदर्शलाई नै स्थापित गर्नका लागि गरेका छ्न ।

“जेठा मामाको त भाङग्राको धोती, कान्छा मामाको के गति”  भनेझै  सबैले आफुलाई सत्तामा स्थापित गर्नकै लागि खेल खेलिरहेका छ्न ।

सत्तामा आसिन ब्यक्तिले गरेको काम भनेकै गैरसंबैधानिक, गैरकानुनी स्वेच्छाचारी निर्णय  गरेर संबिधान, ऐन-कानुन, आचारसंहिता र स्थापित लोकतान्त्रिक मुल्यमान्यता बिपरित  हिडेर अग्रगमनको राजनीतिक यात्रालाई  प्रतिगमनमा रुपान्तरण गरेर, संबिधान कुल्चेर, लोकतन्त्र माथि  बारम्बार प्रहार गरेका छ्न । स्वतन्त्र नागरिकहरुमाथी हिटलरि निरंकुशताको दमनको बर्बरताले संमबिधानमा उल्लेखित समाजबादको लक्ष्य  प्राप्त गर्न  कदापी पनि सकिँदैन, बरु यसले ठ्याक्कै पञ्चायतको झल्को दिएको पाइन्छ ।निभ्न लागेको बत्ती धपक्क बल्छ” भनेझै प्रधानमन्त्री ओलिले आफ्नो सत्ता बचाउका लागि अलि तादरुकता देखाएका छ्न, हुन त तादरुकता देखाउनु पनि स्वभाबिक हो। उनी अन्धाधुन्द रुपमा शिलान्यास र उद्दाटनमा लागेका छ्न। आधा अधुरै संरचना नै किन नहुन, बडो तामझामका साथ तिनको उद्घाटन गरेर बिकासको बिगुल फुक्नु र अन्य राजनैतिक दलका नेतालाई  बिकास निर्माणमा पराजित गर्नु र सभा-सम्मेलनमा आफ्नो कार्यकालमा बिकासले फड्को मारेको भन्दै उनको दिनचर्या बितेको छ। शिलान्यास  र बिकासको उद्घाटन घोषणा गर्नु नै बिकास हो भने  बिकासको बिगुल फुक्नु उचित पनि हो ।

एकातिर सत्ताको खिचातानीले सम्पुर्ण हथकन्डा मच्चाएको छ भने अर्कोतिर कोभिड-१९ को महामारीले देश जर्जर अबस्थामा छ। अर्को तर्फ प्रधानमन्त्रीमा कसैले तपाईं भनोस नभनोस आफै मपाई बन्ने प्रवृत्ति पनि उत्तिकै हाबी छ। साम्राज्यवादी एबं प्रतिक्रियाबादी शक्तिहरु जनताहरुका आन्तरिक मामिलामा हस्तक्षेप गर्दै साम्राज्यवादि हैकम चलाउदै इतिहासको पाङ्गग्रोलाई उल्टो दिशामा घुमाउन चाहन्छन। गुट र फुटबादी क्रियाकलापले मुलधारमा आउनुको साटो अप्रत्याशित नतिजा निम्त्याउन सक्छ भन्ने कुरामा दुईमत छैन।


खगेश चन्द 
बेदकोट नगरपालिका, सामादैजी 

कंचनपुर, सुदुरपश्चिम 
(चन्द, कानुन अध्ययनरत बिद्यार्थी हुन, निरन्तर रुपमा देशको समसामयिक बिषयहरुमा शसक्त कलम चलाउदै आउनु भएको छ )


Please mail us your creation on lekhapadhimedia@gmail.com
Visit us for news and opinion: www.lekhapadhi.com

100% LikesVS
0% Dislikes
Spread Your Love !!!