उपत्यकाका प्रशासन कार्यालयमा एक साताका लागि अत्यावश्यकबाहेक काम बन्द


[ss_social_share]
लेखक : लेखापढी      १२ बैशाख २०७८, आईतवार १६:३८ मा प्रकाशित     
उपत्यकाका प्रशासन कार्यालयमा एक साताका लागि अत्यावश्यकबाहेक काम बन्द

राजधानीका तीन वटै जिल्ला प्रशासन कार्यालयले अत्यावश्यकबाहेकका सबै काम एक साताका लागि बन्द गर्ने निर्णय गरेका छन्।

आइतबार बसेको काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले जिल्ला प्रशासन कार्यालयबाट प्रदान हुने अत्यावश्यक बाहेकका सेवा एक साताका लागि बन्द गर्ने निर्णय गरेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली पराजुलीका अनुसार कोरोना महामारीको दोस्रो चरणको जोखिमलाई मध्यनजर गर्दै प्रशासनहरूले अत्यावश्यक सेवा मात्र सञ्चालन गर्ने भएका हुन्।

उनका अनुसार अत्यावश्यकबाहेकका सेवा सोमबारदेखि नै बन्द हुनेछन् । यो निर्णयसँगै नागरिकता, नागरिकताको प्रतिलिपि, राहदानी, संघ-संस्था दर्ता तथा नवीकरण, पत्रपत्रिका दर्तालगायतका काम बन्द हुने उनले बताए ।

100% LikesVS
0% Dislikes
Spread the love !
  • 854
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    854
    Shares