गजल


लेखक : लेखापढी      १२ बैशाख २०७८, आईतवार १२:५४ मा प्रकाशित     
गजल

यहीँ बस्छु मलाई चाहिने सामान यहाँ पाइन्छ।
तिमी जाऊ तिमीलाई चाहिने ऊ वहाँ पाइन्छ।

बाटोमा अल्झिएर आफ्नो समय बर्बाद नगर्नू,
मोती खोज्न हिँडेको मान्छे सागरमहाँ पाइन्छ।

खुसी फल्ने रुख होला भन्ने सोच्छौ तिमी हुन्न,
यस्तै हो खुसी यो टिप्दै जानुपर्छ जहाँ पाइन्छ।

तिमी ठिक ठाउँमा उभिएको छौ चिन्ता नगर्नू,
भीड हुन्छ धेरै मान्छेले खोजेको त्यहाँ पाइन्छ।

एक थान खुसीहरू पोको पारेर राख्नु महोदय,
सबै बेला यस्तै फालाफाल खुसी कहाँ पाइन्छ।


धर्मानन्द भट्ट 
महेन्द्रनगर, कंचनपुर


(सुदुरपस्चिमबाट हामीलाई प्राप्त सुन्दर गजलको लागि ‘धर्मानन्द भट्ट’ लाई हार्दिक धन्यबाद ब्यक्त गर्दछौ- लेखापढी म्यागजिन, lekhapadhi.com)

 

100% LikesVS
0% Dislikes
Spread Your Love !!!