रचना शर्माका तीन मुक्तक


रचना शर्माका तीन मुक्तक
प्रेम :
अधरमा मुस्कान छाउँदा मन त्यसै हराउँछ ।
सपनीमा माया लाउँदा मन त्यसै फहराउँछ ।
बाडुली नि लाग्छ अचेल घरीघरी इँक्क इँक्क,
मनकै कुरा भन्न पनि मन त्यसै डराउँछ ।

 
शहर :
बत्ती बल्ने झिलीमिली रमाइलो शहरमा ।
हरेक चिज किन्न पाइने रमाइलो शहरमा ।
यताकाले उतालाई चिन्ने कोशिस छैन यहाँ,
स्वार्थी धेरै भेट्टिने झन् रमाइलो शहरमा ।

 
शोषक :
हर काममा कजाउँछन् निर्धालाई ठालुहरु ।
ताल परेमा बजाउँछन् निर्धालाई ठालुहरु ।
चुसेपछि हुत्याउँछन् मख्खीचुस रुप यिनको,
मुटु फोरि भजाउँछन् निर्धालाई ठालुहरु ।

रचना शर्मा

नारायणगढ, चितवन


Please mail us your creation on lekhapadhimedia@gmail.com
Visit us for news and opinion: www.lekhapadhi.com