कोरोना संक्रमण बढ्दो क्रममा


लेखक : लेखापढी      १२ बैशाख २०७८, आईतवार २०:०२ मा प्रकाशित     
कोरोना संक्रमण बढ्दो क्रममा

काठमाडौं । चैत १२
नेपालमा कोरोना संक्रमितको संख्या बढने क्रम जारी छ । यसै क्रममा पछिल्लो अपडडेट अनुसार थप ३ हजार १२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थय तथा जनसंख्या मन्त्रालयले देशभरका प्रयोगशालामा १० हजार ७८ वटा पिसिआर र एन्टीजेन नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । संक्रमित हुनेमा ११७८ महिला र १८५४ पुरुष रहेका छन् ।

यसरी नेपालमा कुल संक्रमितको संख्या ३ लाख १ सय १९ पुगेको छ । उनीहरु मध्ये २ लाख ७७ हजार ५७३ जना संक्रमणमुक्त भएका छन् । यस्तै पछिल्लो चौबीस घण्ण्टामा १६ जनाको मृत्यु भएको छ भने हालसम्म ३१६४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

100% LikesVS
0% Dislikes
Spread Your Love !!!