नयाँ वर्ष र घेराउमा परेको गणतन्त्र


[ss_social_share]
लेखक : लेखापढी      १२ बैशाख २०७८, आईतवार २०:५६ मा प्रकाशित     
नयाँ वर्ष र घेराउमा परेको गणतन्त्र

भन्न त तिमिले मात्र होइन
मैले पनि भनेकै हो,
अब सुखका दिन धेरै टाढा छैन
उज्यालो हुनै लाग्यो
अध्यारोको रंग अब त्यति गाढा छैन
साँच्चै अल्छी मानेर भएपनि
तिमी हामी सबैको आँगनमा
गणतन्त्र आएरै छाड्यो ।

थोरै खुसी ल्याएको रहेछ
हामी सबैलाई बाँड्यो
दुर्भाग्य, म यसलाई दुर्भाग्य नै भन्छु
बाँडिएका ती खुसीहरू
हाम्रा यी मुट्ठीमा
धेरैदिन बाँधिएर बसेनन्
हाम्रा यी हातहरू खुकुलो हुँदै गए
खुसीहरू पोखिदै गए
र, र त्यसलाई टिप्न
वैरीको पल्टनै आयो
पोखिएका सबै खुसीहरू
सोरसार पारेर
आफ्नो खल्तीमा हाल्यो
अनि हामीलाई बुंगै पार्यो ।

धेरै गाह्रो साह्रो बेहोरेर
टिपेका जेजति खुसी थिए
कौवालाई पाकेको बेलसरि भयो
पाटोमा थन्किएर बसेको रेलसरि भयो,
थोरै बाँकी रहेका खुसीहरू पनि
अहिले आफ्नाहरूले घेरेर राखेका छन्

दंग छन हाम्रा खुसी लुट्नेहरू
नाचेका छन् हाम्रा मेहनत भुटनेहरू
कोही हाकाहाकी आएर लुटे
कोही बर्कोले अनुहार छोपेर जुटे
जे गरेपनि हाम्रा सपनाहरू सबै टुटे ।

अहिले तिमी फेरी
लुटिएको गणतन्त्र फर्काउने भन्दैछौ
वैरी हरूलाई बिचैवाट तर्काउने भन्दैछौ
तर किन किन .. …..
विश्वास लागीरहेको छैन््
खै मलाई विश्वास लागिरहेको छैन् ।

अब पनि यस्तै काँचो खेल खेल्ने हो भने
फेरि यस्तै दुश्मनले ओछ्याएका
कहरहरू झेल्ने हो भने
कसरी मुक्त गर्न सकौँला र हामी ?
हाम्रो खुसी भएर आएको
हाम्रो कडा मेहनतले पाएको
घेरिएर निसासिएको यो गणतन्त्रलाई ।


इन्द्र रेग्मी 
(इन्द्र रेग्मी चितवनमा बसोबास गरेर साहित्य लेखन एवम् संस्थागत क्रियाकलापमा सक्रिय अग्रज साहित्यकार हुनुहुन्छ । मूलत निबन्ध र कवितामा कलम चलाउने रेग्मीको यो कवितामा वर्तमानका शासकवर्गका गतिविधिप्रति आक्रोशका साथै जनअधिकारको रक्षा गर्नुपर्ने विषयलाई अघि सारिएको छ ।)

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •