पाकिस्तानी प्रधानमन्त्री द्वारा भारतीय जनताको स्वास्थ्यलाभको कामना


[ss_social_share]
लेखक : लेखापढी      ११ बैशाख २०७८, शनिबार २१:५० मा प्रकाशित     
पाकिस्तानी प्रधानमन्त्री द्वारा भारतीय जनताको स्वास्थ्यलाभको कामना

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संकटको घडीमा भारतीय जनताप्रति ऐक्यबद्धता व्यक्त गर्न चाहेको बताएका छन् । ‘भारत बासी खतरनाक लहरसँग लडिरहेका छन् । म उनीहरुको शीघ्र स्वास्थ लाभको प्रार्थना गर्दछु । मानवताका साथ मिलेर हामीले यो वैश्विक चुनौतीसँग लड्नुपर्छ,’ उनले भने । 

कोरोनाविरुद्ध लड्नका लागि तय गरिएका मापदण्डहरु पालना गर्न उनले शुक्रबार देशवासीसँग अपिल गरेका थिए । ‘मानिसहरुले आफ्नो बचाउका लागि स्वास्थ मापदण्ड पालना गरेनन् भने हामीले त्यही स्थिती सामना गर्नुपर्ने हुन्छ, जो अहिले भारतले गरिरहेका छ,’ इमरानले भनेका थिए । 

अवस्था तिव्र रुपमा बिग्रिएकाले आगामी दिनमा देशमा लकडाउन लगाउनुपर्ने पनि हुनसक्ने उनले बताएका थिए । उनले कोभिड १९ का मापदण्डहरुको पालना गराउनका लागि सेनासँग पनि मद्दत मागेका थिए । कोरोना नियन्त्रणका लागि सबैले मास्क प्रयोग गर्नुपर्ने बताएका थिए ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •