बालुवाटारमा एमालेकाे महाधिवेशन आयोजक कमिटीको बैठक सुरु


लेखक : लेखापढी      १० बैशाख २०७८, शुक्रबार १२:४२ मा प्रकाशित     
बालुवाटारमा एमालेकाे  महाधिवेशन आयोजक कमिटीको बैठक सुरु

 नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा शुरु भएको छ । आजको बैठकमा नेता माधवकुमार नेपाल समूहका सांसदहरुले दिएको स्पष्टीकरण पत्रबारे निर्णय गर्ने तयारी छ ।

  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको एमाले नेता सुवास नेम्वाङले जानकारी दिए ।

गत वैशाख ६ गते बसेको बैठकले नेता माधवकुमार नेपालसहितका सांसदहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । पार्टी निर्णयको अवज्ञा गरेको भन्दै यसअघि २७ जना संघ र प्रदेशका ५ गरेर ३२ सांसदसँग स्पष्टीकरण मागिएको थियो । स्पष्टीकरणप्रति चित्त नबुझे उनीहरुलाई कारवाहीको निर्णय गर्ने एमालेको तयारी छ ।

यस बाहेक नेताहरुको कार्यविभाजन, उपनिर्वाचन, प्रदेश सरकार लगायतबारे छलफल गर्ने कार्यसूची तय भएको छ ।