धनगढी बजार देउडा गीतको भिडियो सार्वजनिक


धनगढी बजार देउडा गीतको भिडियो सार्वजनिक

धनगढी । वैशाख १०
गायक ध्वज महरा एवम् गायिका सुशीला तिरुवाको आवाजमा धनगढी बजार नामक देउडा गीत सार्वजनिक भएको छ । यस गीतको शब्द राजेन्द्र शाह (बिपी) को र सङ्गीत ध्वज महराको रहेको छ ।

गाइक पान सय पड्यो, भैसिलाई हजार हट सुवा घुम्नलाई गैजाउ, धनगढी बजार नामक यस गीतमा सुदूर पश्चिमाञ्चल क्षेत्रको प्रमुख बजार धनगढीको प्रसङग आएको छ । गायक महराको गैजा डोटी डोटी दर्शक एवम् श्रोताले यसअघि धेरै मन पराइएको गीत हो ।

धनगढी बजार देउडा गीतको छायाङ्कन एवम् निर्देशन भीम थापाले गरेका छन् । यस गीतको भिडियोमा सुशीला धामी र जगत बिष्टको अभिनय रहेको छ । गीतमा पुरुष पात्रले महिला पात्रलाई सँगै धनगढी बजार घुम्न जान आग्रह गरेको छ । यो देउडा गीतले लोकप्रियता कमाउन थालेको छ । गीतमा युवायुवतीको प्रेम प्रसङ्ग एवम् आपसी घोचपेचलाई विषय बनाइएको छ ।