आँपको बोक्राको चमत्कार, अनुहारको चाउरी एबं डण्डीफोर हटाउछ !!


आँपको बोक्राको चमत्कार, अनुहारको चाउरी एबं डण्डीफोर हटाउछ !!

आँप खानमा स्वादिलो हुनुका साथै यो शरीरका लागि पनि निकै फाइदाजनक हुन्छ । यसले गर्मीको दिनमा शरीरलाई चिसो राख्ने गर्छ । धेरैले आँपको बोक्रालाई बेकारको ठानेर डस्टबीनमा फ्याँक्ने गर्छन् । तर यसले तपाईंका विभिन्न समस्या टाढा राख्ने गर्छ भन्ने थाहा छ ? आँपको बोक्रा स्वस्थ र पौष्टिक गुणले भरिएको हुन्छ । यसले तपाईंको स्वास्थ्य र सौन्दर्यसँग जोडिएका थुप्रै समस्या टाढा राख्ने गर्छ । आँपको बोक्रा स्वस्थ र पौष्टिक गुणले भरपुर हुन्छ । आँप बहुउपयोगी फल हो । 

 
 
 

एन्टीअक्सिडेन्टले भरपुरः

 

साधारणतया आँपको बोक्रामा अत्यधिक मात्रामा एन्टीअक्सिडेन्टले भरपुर हुन्छ । एन्टीअक्सिडेन्टले फ्री रेडिकल्सबाटबाट हुने हानीलाई काम गर्ने काम गर्छ । फ्रि रेडिकल्सले शरीरका सबै हिस्सालाई प्रभावित गर्छ जसमा छाला, आँखा यहाँसम्म कि मुटुसम्म पनि समावेश छ ।

 

चाउरीपनबाट राहतः

आँपको बोक्रामा छालालाई सफा गर्ने गुण हुन्छ । यसले समयअगावै देखिने चाउरीपनलाई नष्ट गर्ने गर्छ । यद्यपि, यो एउटा प्राकृतिक प्रक्रिया हो र यसलाई रोक्न सकिँदैन तर यसलाई नियन्त्रण भने गर्न सकिन्छ । फ्रि रेडिकल्स, वायु प्रदुषण, तनावका कारण अनुहारमा चाउरी पर्छ । यसबाहेक यसले कालो दाग कम गर्छ र अनुहारमा निखार ल्याउँछ । आँपको बोक्राले बनेको पेस्टलाई अनुहारमा १५ मिनेटसम्म राख्नुहोस् र पानीले धुनुहोस् । आँपको बोक्रालाई पेस्ट बनाउनका लागि यसलाई घाममा केही दिनसम्म सुकाउनुहोस् ।

डण्डीफोरबाट छुटकाराः

आँपको बोक्राको प्रयोग अनुहारमा डण्डीफोर हटाउनका लागि गर्न सकिन्छ । आँपको बोक्रालाई पेस्ट बनाएर अनुहारमा लगाउँदा डण्डीफोरको समस्याबाट छुटकारा पाउन सकिन्छ । यसका साथै आँपको बोक्रालाई पेस्ट बनाएर लगाउँदा दाग धब्बा पनि टाढै रहन्छन् ।

ट्यानिङ हटाउन मद्दतगारः

आँपको बोक्रालाई अनुहार, हात र खुट्टामा दल्नुहोस् । यसमा भएको भिटामिन सीले ट्यानिङ हटाउने काम गर्छ । बोक्रा दलेपछि दही वा नौनीले मसाज गर्नुहोस् । त्यसपछि सफा पानीले धुनुहोस् । -एजेन्सी