होटेलको झ्यालबाट धरहरा नियाल्दै ओली र नेपाल


[ss_social_share]
लेखक : लेखापढी      ९ बैशाख २०७८, बिहीबार १६:०२ मा प्रकाशित     
होटेलको झ्यालबाट धरहरा नियाल्दै ओली र नेपाल

काठमाडौँ- दोस्रो दिनको वार्ताका लागि नागपोखरीस्थित मेरियट होटेलमा पुगेका प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालले सुन्धारास्थित नवनिर्मित धरहरा नियालेका छन् ।

मेरियट होटेलको भेटघाट कक्षको झ्यालबाट धरहराको दृश्यावलोकन गरेको तस्बिर प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सार्वजनिक गरेका हुन् । 

तस्बिर सार्वजनिक गर्दै थापाले भनेका छन्, ‘प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री एवं सांसद माधवकुमार नेपाल संयुक्त रूपमा नागपोखरीस्थित मेरियट होटेलको भेटघाट कक्षको झ्यालबाट सुन्धारामा नवनिर्मित धरहराको दृश्यावलोकन गर्नुहुँदै ।’

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •