भर्चुअल कार्यक्रम गर्न आग्रह


लेखक : लेखापढी      ९ बैशाख २०७८, बिहीबार १३:११ मा प्रकाशित     
भर्चुअल कार्यक्रम गर्न आग्रह

काठमाडौं । ९ चैत
जिल्ला प्रशासन कार्यालय, काठमाडौंले एक सूचना प्रकाशित गर्दै सभासम्मेलन भर्चुअल विधिबाट गर्न अनुरोध गरेको छ ।

हिजो वैशाख ८ गते जिल्ला प्रशासन कार्यालय, काठमाडौंका प्रशासकिय अधिकृत मानबहादुर बुढाको नाममा प्रेषित सूचनामा नेपाल सरकार मन्त्री परिषदको मिति २०७८÷०१÷०६ गते को निर्णयबाट भएको आदेशको बुँदा नं ७ मा उल्लेख भएको व्यवस्था विपरित कतिपय सरकारी तथा सार्वजनिक निकायहरू, निजी तथा गैरसरकारी संस्थाहरूले भौतिक रुपमै उपस्थित भएर विभिन्न सभासम्मेलन, गोष्ठी, सेमिनार, तालिम एवम् प्रशिक्षणहरू सञ्चालन गरेको भन्ने गुनासो प्राप्त भएकोले त्यस्ता कार्यक्रमहरू भर्चुअल विधिबाट सञ्चालन गर्न हुन सम्पुर्ण सरोकारवालाहरूमा हार्दिक अनुरोध छ, भनिएको छ ।