काठमाडौँ । मानव शरीरमा व्यक्ति पिच्छे अलग गन्ध आउने गर्छ । शरीरबाट निस्कने गन्धले समेत मानिसको पहिचान हुने गर्दछ । तर काखीबाट निस्कने दुर्गन्ध सायदै कसैले सहन सक्छ । काखी गन्हाएको व्यक्ति वरपर बस्न वा नजिक रहन समेत गार्हो हुने गर्दछ । कुनै मानिसको काखि अति धेरै गन्हाउने गर्दछ, यसले आत्मविश्वास पनि कमजोर बनाउँछ।
यसकारण आज हामी तपाईलाई शरीरबाट निस्केको दुर्गन्ध हटाउनका लागि केही यस्ता उपायहरु बताउँदै छौं, जुन तपाईले सस्तोमा घरमै प्रयोग गर्न सक्नुहुन्छ। यदि तपाई शरीरबाट आउने दुर्गन्धबाट सधैंको लागि छुटकारा पाउन चाहनुहुन्छ भने कुनै महँगा उत्पादनको प्रयोग नभएर मात्र ५ रुपियाँ पर्ने चिज खरिद गर्नु पर्नेछ।
१- कागती: शरीरको गन्ध दूर गर्नको लागि कागती निकै असरदार उपाय हो। यस यसको प्रयोगबाट तपाई शरीरको गन्धबाट छुटकारा पाउन सक्नुहुन्छ। नुहाउने समयमा काखीमा कागतीको टुक्राले हल्का-हल्का करिब १० मिनेटसम्म रगड्नुहोला। त्यसपछि सफा पानीले पखालेर जिउ सफा गर्नुहोला।
त्यसपछि तपाईले पूरा दिनभरि आफ्नो शरीरबाट दुर्गन्ध नआएको महसुस गर्न सक्नुहुन्छ। साथै हरेक बिहान कागती पानी या चियामा कागती हालेर सेवन गर्दा पनि शरीरबाट दुर्गन्ध हटाउनको लागि फाइदा पुग्छ। तपाईले केवल एक हप्तामै थाहा पाउनु हुनेछ छ कि ५ रुपैयाँको कागती कति धेरै कामको चिज हो भन्ने ।
२- एप्पल साइडर भिनेगर: जसको शरीरबाट धेरै पसिना आउँछ, तिनले एप्पल साइडर भिनेगर सेवन गर्न आवश्यक छ। यसको सेवनले शरीरको ब्याक्टेरिया नष्ट हुनुको साथै कम पसिना आउँदछ ।
यसबाहेक तपाई पूरा दिन स्वयमलाई ताजा महसुस गर्नुहुनेछ। चिल्लो र धेरै मसालेदार खाना खादा पनि शरीरबाट दुर्गन्ध आउँछ । यस प्रकारका खानेकुराहरुका सेवनलाई छाडेर हरियो सागपात र ताजा फलफुल सेवन गर्न सुरु गर्नुहोला। यसले तपाईको पाचन प्रणालीलाई दुरुस्त राख्नुको साथै शरीरबाट दुर्गन्ध आउने समस्या पनि हटाउँछ।
३- जुनार: जसको प्रयोगले तपाईलाई दिनभर ताजा राख्न मद्दत गर्छ। हरेक दिन एउटा जुनार खाने कोसिस गर्नुहोला, अत्यन्तै राम्रो महसुस हुनेछ। शरीरबाट दुर्गन्ध गायब हुनुको साथै छाला सम्बन्धी सबै विकार हटाउँछ।
-एजेन्सी