अनुशासनहिनता र अराजकतासँग सम्झौता गर्न सक्दैनौँ : ओली


लेखक : लेखापढी      ९ बैशाख २०७८, बिहीबार ११:२० मा प्रकाशित     
अनुशासनहिनता र अराजकतासँग सम्झौता गर्न सक्दैनौँ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा गुटगत गतिविधिलाई कुनै पनि हालतमा मान्यता दिन नसक्ने बताएका छन् ।

उनले अनुशासनहीनता र अराजकतासँग सम्झौता गर्न नसकिने पनि बताए । बिहीबार बिहान बल्खुमा एमालेको नयाँ कार्यालय भवनको शिलान्यास गर्दै उनले यस्तो बताएका हुन् ।

“पार्टी अनुशासित बनाउनुपर्छ । अनुशासनहीनतासँग हामी सम्झौता गर्न सक्दैनौँ । अराजकतासँग हामी सम्झौता गर्न सक्दैनौँ । पार्टीविरोध गतिविधि, गुटगत गतिविधिलाई अब कुनै पनि हालतमा मान्यता दिन सक्दैनौँ,” ओलीले भनेका छन ।

100% LikesVS
0% Dislikes
Spread Your Love !!!