आजको मौसम कस्ताे रहनेछ ?


आजको मौसम कस्ताे रहनेछ ?

जल तथा मौसम विज्ञान विभागले आज देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ ।

हाल देशमा  स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहको छ । ​ 

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशहरुका थोरै स्थानमा मेघगर्जन/चट्टयाङ्ग र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । 

काठमाडौंमा मध्याह्न्नपछि मेघगर्जन/चट्टयाङ्ग र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसाविद् निराजन सापकोटाले जानकारी दिए । 

देशका धेरै स्थानहरुमा तुवाँलोको सम्भावना छ । “तर, केहीदिन अगाडि लागेको तुवाँलोजस्तो बाक्लो भने हुने छैन । यद्यपि भिजिविलिटी भने घट्ने छ ।” पानी परेको अवस्थामा भने तुवाँलो घट्ने उनको भनाइ छ ।