राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय महाधिवेशन जेठ २२ देखि २५ सम्म हुने


[ss_social_share]
लेखक : लेखापढी      ८ बैशाख २०७८, बुधबार ०८:५६ मा प्रकाशित     
राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय महाधिवेशन जेठ २२ देखि २५  सम्म  हुने

काठमाडौँ । ८ चैत
राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो केन्द्रीय महाधिवेशन आगामी जेठ २२ देखि २५ गतेसम्म काठमाडौँमा गर्न लागेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा दुई दिन अघि बसेको केन्द्रीय सचिवालय कार्यव्यवस्था समितिको बैठकले जिल्ला तहसम्मको अधिवेशन यही वैशाख मसान्त गर्ने निर्णय गरेको छ । यस्तै प्रदेश कार्यसमितिको निर्वाचन आगामी जेठ ७ गतेसम्म गर्ने निर्णय समेत गरेको छ ।

बैठकमा अध्यक्षद्वय पशुपतिशम्शेर जबरा र डा प्रकाशचन्द्र लोहनीका समेत उपस्थिति थियो । यस्तै महाधिवेशन प्रतिनिधि निर्वाचन पनि जेठ १० गतेसम्म गरिसक्ने निर्णय गरिएको छ । राप्रपाले यही वैशाख मसान्तभित्र सक्रिय सदस्यता वितरण गरिसक्ने निर्णय गरेको छ ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •