कैलाली र कञ्चनपुरमा आंशिक निषेधाज्ञा


[ss_social_share]
लेखक : लेखापढी      ८ बैशाख २०७८, बुधबार ०८:३४ मा प्रकाशित     
कैलाली र कञ्चनपुरमा आंशिक निषेधाज्ञा

कैलाली । ८ वैशाख

कैलालीमा जिल्ला प्रशासनले कोरोना महामारीका कारण विभिन्न क्षेत्रमा रोक लगाएको छ । जिल्लाको धनगढी उपमहानगरपालिकाका सम्पुर्ण विद्यालय बन्द गर्ने, स्थानिय तहलाई पनि दस दिनसम्म बन्द गर्ने निर्णय गरिएको छ । सिनेमा घर, पार्टी प्यालेस, डान्स बार, दोहरी, नाचघर, क्लब, हेल्थ क्लब, जिमखाना, स्वीमिङ पुल, हाट बजार बन्द गर्ने आदेश दिएको सूचना अधिकारी शिवराज जोशीले बताए ।

यस अवधिमा सभासम्मेलन, जुलुस गर्न नपाउने, मठमन्दिर, गुम्बा, चर्च लगायतका धार्मिक स्थलमा जनस्वाथ्यको मापदण्ड पालन गरेर नियमित पूजा, ध्यान र प्रार्थना गर्न पाइने छ । यस्तै सरकारी कार्यालय, बैंक, वित्तिय संस्था, सहकारी लगायतका संस्था विद्युतीय माध्यमबाट सञ्चालन गर्ने र सम्भव नभए जनस्वास्थ्यको मापदण्ड पुरा गरेर सञ्चालन गर्न निर्देशन दिइएको छ । आदेशको अवज्ञा गरेमा संक्रामक रोग २०२० अनुसार कारवाही गरिने जानकारी दिइएको छ ।

यस्तै गरेर कञ्चनपुर जिल्ला प्रशासन कार्यालयले पनि यसै किसिमले विभिन्न क्षेत्रमा रोक लगाएको छ । निमित्त प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले जिल्लाको सदरमुकाम भीमदत्त नगर नगरपालिकाभित्रका सम्पुर्ण विद्यालय बन्द गरिएको बताए । उनले अन्य स्थानिय तहले संक्रमणको अवस्था हेरेर आवश्यक व्यवस्था गर्ने जानकारी दिए ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •