मंगल ग्रहमा पहिलो पटक उड्यो सानो हेलिकप्टरः उडान सफल


मंगल ग्रहमा पहिलो पटक उड्यो सानो हेलिकप्टरः उडान सफल

अमेरिकी अन्तरिक्ष निकाय नासाले मङ्गल ग्रहमा एउटा सानो हेलिकप्टर सफलतापूर्वक उडाएको छ।

इनजेनिटी नामको उक्त ड्रोनयुक्त हेलिकप्टर हावामा एक मिनेटभन्दा पनि कम समय उडेको छ, तर नासाले यसलाई ठूलो उपलब्धि मानेका छन् । योसँगै पृथ्वीबाहेक अन्‍य ग्रहमा उड्‍ने इनजेनिटी पहिलो यान बनेको नासाले जनाएको छ । 

पृथ्वीबाट कमान्ड दिएर अन्य ग्रहमा मानवनिर्मित यान उडाइएको यो पहिलो हो । सोमबार नेपाली समय अनुसार अपराह्न ४ बजे इन्ज्युनिटीले मंगल ग्रहमा ३० सेकेन्डको उडान गरेको थियो ।

हेलिकप्टर उडेको तस्बिर पनि नासाले सार्वजनिक गरेको छ । एक केजी ८ सय ग्रामको यो हेलिकप्टर तयार गर्नका लागि नासाले ८५ मिलियन अमेरिकी डलर खर्च गरेको छ ।

उक्त हेलिकप्टरलाई नासाको पर्सिभिअरन्स रोभरले बोकेर मङ्गल ग्रह पुर्‍याएको हो।

पर्सिभिअरन्स रोभर गत फेब्रुअरीमा रातो ग्रहको जेजेरो क्रेटरमा अवतरण गरेको थियो।

इन्जेन्युएटीसँग दुईवटा क्यामेरा छन्। श्यामश्वेतको प्रयोग यात्रा र जमिनको पहिचानमा हुन्छ।

अर्को क्यामेरा रङ्गीन छ। आकाशमण्डल हेर्न त्यसले प्रयोग हुन्छ।

विमानको पङ्खा घुमाउन ३५० वाट विद्युतीय शक्ति दिइएको थियो। त्यसकै भरमा उक्त उडानको निम्ति प्रतिमिनेट २५ सयभन्दा धेरै पटक पङ्खा घुम्न सक्ने बनाइएको थियो।

मङ्गल ग्रहको दूरी ३० करोड किलोमिटर छ।

सफल उडान पश्चाते इन्जेन्युटीकी प्रोजेक्ट म्यानेजर मिमी आङले भनिन्–“अब हामी भन्न सक्छौं मानव जातिले अर्को ग्रहमा उडान गरिसक्यो । ” Agency