भारतको महाकुम्भबाट फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना संक्रमण


[ss_social_share]
लेखक : लेखापढी      ७ बैशाख २०७८, मंगलवार १३:५७ मा प्रकाशित     
भारतको महाकुम्भबाट फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना संक्रमण

पूर्वराजा ज्ञानेन्द्र शाह र पत्नी कोमल शाहलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

सोमबार गरिएको परीक्षणमा उनीहरुलाई संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ।

भारतको हरिद्वारमा गंगा स्नान गरेर स्वदेश फर्किएका उनीहरुले कोरोना संक्रमण परीक्षण गराएका थिए ।

उनीहरुको कन्ट्याक्ट ट्रेसिङको काम पनि शुरू भएको छ ।

यसअघि सोही कुम्भ मेलामा सहभागी भएका भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्य पनि कोरोना भाइरसबाट संक्रमित भएका थिए ।

उनीहरुमा कोरोना संक्रमण पुष्टी भएपनि स्वास्थ अवस्था भने सामान्य रहेको छ ।

100% LikesVS
0% Dislikes
Spread the love !
  • 1.6K
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1.6K
    Shares