त्रिकोणात्मक ट्वान्टी–२० शृंखला: मलेसियाविरुद्ध नेपालको शानदार जित


[ss_social_share]
लेखक : लेखापढी      ६ बैशाख २०७८, सोमबार १६:५१ मा प्रकाशित     
त्रिकोणात्मक ट्वान्टी–२० शृंखला: मलेसियाविरुद्ध नेपालको शानदार जित

त्रिकोणात्मक ट्वान्टी–२० शृंखलामा नेपालले लगातार दोस्रो जित निकालेको छ ।

 त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले ४७ बल बाँकी रहँदै नौ विकेटको फराकिलो जित हासिल गरेको हो । सोमबारको खेलमा कुशल भुर्तेल र आसिफ शेखले लगातार सानदार ब्याटिङ गरेपछि नेपालले त्रिकोणात्मक ट्वान्टी–२० शृंखला क्रिकेटमा मलेसियालाई ९ विकेटले पराजित गरेको हो । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले ४७ बल बाँकी रहँदै नौ विकेटको फराकिलो जित हासिल गरेको हो ।

कुशल र आसिफले पहिलो विकेटमा १ सय २ रनको साझेदारी गरेपछि मलेसियाले छाडेको १ सय १० रनको मध्यम चुनौतीलाई १२.१ ओभरमै पूरा गर्यो ।

१२ औं ओभरको पहिलो बलमा अन्वर रहमनबाट क्याच हुनु अघि भुर्तेल र आसिफले १०२ रनको ओपनिङ साझेदारी गरे । आसिफ शेखले २९ बल सामना गर्दै एक छक्का र ४ चौकाको मद्दतले ४२ रन बनाए भने भुर्तेलले ६१ रन बनाए । उनको यो ‘ब्याक टु ब्याक’  टी–२० अन्तर्राष्ट्रिय अर्धशतक हो । दीपेन्द्र सिंह ऐरीले अविजित ६ रन बनाए ।

50% LikesVS
50% Dislikes
Spread the love !
  • 1.8K
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1.8K
    Shares