सार्वजनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन रोक


लेखक : लेखापढी      ६ बैशाख २०७८, सोमबार १४:४९ मा प्रकाशित     
सार्वजनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन रोक

काठमाडौँ । सरकारले सार्जवनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ ।

सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले जारी गरेको ‘नयाँ भेरियन्ट सहितको कोरोना महामारी नियन्त्रण रोकथाम आदेश’मा सार्वजनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन नपाउने उल्लेख छ ।

यो आदेशअनुसार वैशाखभर पार्टी प्यालेसहरु बन्द हुनेछन् भने विवाह, ब्रतबन्ध, मलामीजस्ता कार्यमा २५ जनाभन्दा बढी सहभागी हुन पनि रोक लगाएको छ ।

त्यस्तै, सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शहरी क्षेत्रसहित संक्रमण बढेका जिल्लाहरुमा शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ । कोरोनाको नयाँ भेरियन्टको जोखिम बढेको भन्दै सरकारले रात्रिकालीन व्यवसाय, सिनेमा हल, पार्टी प्यालेस, जिमखाना, रंगशाला लगायत भिडभाड हुने क्षेत्रहरु समेत बैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको हो ।

100% LikesVS
0% Dislikes
Spread Your Love !!!