वैशाखभर सहरी क्षेत्रका विद्यालय बन्द गर्ने सरकारको निर्णय


लेखक : लेखापढी      ६ बैशाख २०७८, सोमबार १२:३२ मा प्रकाशित     
वैशाखभर सहरी क्षेत्रका विद्यालय बन्द गर्ने सरकारको निर्णय

सरकारले कोरोना भाइरस (कोभिड-१९) बाट प्रभावित सहरी क्षेत्रका विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ ।

सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले सहरी क्षेत्रका विद्यालय वैशाखभर बन्द गर्ने निर्णय गरेको सहरी विकासमन्त्री प्रभु साहले जानकारी दिए ।

यसअघि शनिबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोरोना भाइरसको संक्रमण पुनः बढेसँगै अतिप्रभावित जिल्लामा वैशाख मसान्तसम्म भर्चुअल कक्षा मात्र लिन मन्त्रिपरिषद्लाई सिफारिस गरेको थियो  ।

100% LikesVS
0% Dislikes
Spread Your Love !!!