कलाकार मदनकृष्ण श्रेष्ठ र परिवारका अन्य ५ सदस्यलाई कोरोना संक्रमण


कलाकार मदनकृष्ण श्रेष्ठ र परिवारका अन्य ५ सदस्यलाई कोरोना संक्रमण

 काठमाडौं । वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठलाई कोरोना संक्रमण भएको छ । श्रेष्ठसहित उनको परिवारका पाँच जनालाई कोरोना संक्रमण देखिएको हो ।

कलाकार श्रेष्ठले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलगायत छोरा, छोरी, बुहारी र नातिनीलाई कोरोना पोजेटिभ देखिएको जानकारी दिएका छन् ।