पारिजातको २८ औं स्मृति सभामा पारिजात सम्मानको घोषणा


लेखक : लेखापढी      ६ बैशाख २०७८, सोमबार ००:१५ मा प्रकाशित     
पारिजातको २८ औं स्मृति सभामा पारिजात सम्मानको घोषणा

काठमाडौं । ६ चैत
पाारिजात स्मृति केन्द्रमा वैशाख ५ गते बिहान सुप्रसिद्ध साहित्यकार पारिजातको प्रतिमामा माल्यार्पण कार्यक्रम सम्पन्न भयो । माल्यार्पणपछिको संक्षिप्त सभाको अध्यक्षता केन्द्रका अध्यक्ष स्नेह सायमीले एवम् सञ्चालन महासचिव मातृका पोखरेलले गरेका थिए । कार्यक्रममा रायन, सुकन्या वाइबा एवम् रामवीर मानन्धरले मन्तव्य राखेका थिए । समारोहमा संस्थाका अध्यक्ष स्नेह सायमीले वि.स. २०७७ का लागि पारिजात सम्मानको घोषणा गरेका थिए ।

पारिजात स्मृति केन्द्रले यस वर्ष २०७७ का लागि पारिजात बालसाहित्य सम्मान प्रा.डा. चुडामणि बन्धुलाई, पारिजात सृजन सम्मान सीता शर्मालाई, पारिजात कला सम्मान माधव प्रधानलाई एवम् पारिजात संघर्षशील नारी सम्मान सीता पोखरेललाई प्रदान गर्ने भएको छ ।

यी सम्मान वैशाख २५ गते दिउँसो १ बजे पारिजात स्मृति केन्द्र भवन, म्हेपीमा आयोजना गरिने समारोहमा वितरण गरिने जानकारी महासचिव मातृका पोखरेलले विज्ञप्ति मार्फत सार्वजनिक गरेका छन् ।

100% LikesVS
0% Dislikes
Spread Your Love !!!