त्रिदेशीय सीमा क्षेत्रमा पर्ने सडकको अनुगमन गरी फर्कियो मन्त्रीहरूको टोली


[ss_social_share]
लेखक : लेखापढी      ६ बैशाख २०७८, सोमबार १०:३३ मा प्रकाशित     
त्रिदेशीय सीमा क्षेत्रमा पर्ने सडकको अनुगमन गरी फर्कियो मन्त्रीहरूको टोली

दार्चुला, वैशाख ६- नेपाल सरकारका तीन जना मन्त्रीको टोली त्रिदेशीय सिमा क्षेत्रमा पर्ने दार्चुला–तिंकर सडकको अनुगमन गरी राजधानी फर्किएको छ ।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको दार्चुला–तिंकर सडकको अनुमगन निरीक्षणका लागि संघीय सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्ना र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट वैशाख ५ गते आइतवार दिउँसो दार्चुला पुगेका थिए ।

मन्त्रीको टोली व्यास गाउँपालिका वडा नम्बर १ छाङ्रु समेत पुगेको थियो । छाङ्रु विवादित कालापानी क्षेत्रभन्दा झण्डै १२ किलोमिटर दक्षिणमा पर्दछ । व्यास पुगेर फर्र्किएको मन्त्रीहरूको टोली जिल्ला सदरमुकाम खलंगामा जनप्रतिनिधि, कर्मचारी तथा अन्य सरोकारावालाहरूसंग दार्चुला तिंकर सडकका बारेमा अन्र्तिक्रया समेत गरेको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले बताए ।

राष्ट्रिय गौरवको आयोजनाकै गति सुस्त

नेपाल सरकारको राष्ट्रिय गौरबको आयोजनाको रुपमा रहेको महाकाली कोरिडोरको भौतिक निर्माण सुस्त मात्रै छैन यसको वित्तीय प्रगति न्युन रहेको देखिन्छ । महाकाली कोरिडोर निर्माण कार्य प्रारम्भ गरिएको १२ वर्ष बित्नै लाग्दासम्म भौतिक प्रगति १५ प्रतिशत मात्रै भएको दार्चुला तिंकर सडक योजनाका निमित्त कार्यालय प्रमुख मुकेन्द्र मल्लले बताउनु भयो । यस्तै वित्तीय प्रगति त ९ प्रतिशत मात्रै भएको उनको भनाई छ । ‘महाकाली कोरिडोरको हालसम्म वित्तीय प्रगति ९ प्रतिशत र भौतिक तर्फ १५ प्रतिशत प्रगति भएको छ’ मन्त्रीहरु सम्मिलित कार्यक्रममा मल्लले भने ।

सुदूरपश्चिम प्रदेशका चार जिल्ला छोएर त्रीदेशीय सीमा क्षेत्र जोड्ने महाकाली कोरिडोर निर्माणमा निक्कै सुस्तता आएको तथ्याङ्कले नै देखाएको नेपाल पत्रकार महासंघ दार्चुलाका निवर्तमान अध्यक्ष शंकरसिह धामीले बताए । ‘सरकार र निर्माण व्यावसायीकै कारण यस्तो अवस्था आएको हो ।’ उनले भने । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङले भने दार्चुला–तिंकर सडकलाई महत्व दिएरै महाकाली कोरिडोरमा राखिएको दावी गरे ।

आर्थिक वर्ष २०६५÷०६६ देखि निर्माण कार्य प्रारम्भ भएको महाकाली कोरिडोरको समयावधि सम्पन्न हुनै लाग्दा समेत १५ प्रतिशत मात्रै भौतिक प्रगति भएको निमित्त कार्यालय प्रमुख मल्लको भनाई छ । आर्थिक वर्ष २०७९÷८० सम्म आयोजना सम्पन्न गर्नुपर्ने भएपनि निर्धारित समयावधिभित्र आयोजनाको काम सम्पन्न गर्न नसकिने उनले बताए ।

१८ अर्ब लागतको कोरिडोर अन्तरगत डेढ अर्ब मात्रै खर्च
आयोजनाको कुल लागत १८ अर्ब १६ करोड रुपैयाँ रहेकोमा हालसम्म एक अर्ब ४८ करोड खर्च भएको छ । चालु आर्थिक वर्षमा २५ करोड २२ लाख कोरिडोरलाई प्राप्त भएको छ । त्योमध्ये दोस्रो चौमासिक अवधिसम्म ८ करोड ९२ लाख खर्च गरिसकेको मल्लले जानकारी दिए । दौस्रो चौमासिकसम्ममा वित्तिय प्रगति ७१.५० प्रतिशत रहेको भने भौतिक प्रगति ७० प्रतिशत भएको योजनाको दावी छ ।

सेनालाई जिम्मा
महाकाली कोरिडोरको दार्चुला–तिंकर सडक खण्डको कोठेधारदेखि अगाडिको सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिइएको छ ।

चालु आर्थिक वर्षदेखि नेपाली सेनाको टोलीले सडक निर्माणको जिम्मेवारी लिएको हो । उत्त सडक खण्डको हाल ट्«याक खोलिएको स्थानबाट करिब ४ किलोमिटर मात्रै ट्«याक खोल्न बाँकी रहेको छ । व्यास गाउँपालिका वडा नम्बर २ तुसरपानीदेखि कोठेधारसम्मको ४ किलोमिटर ट्«याक खोल्ने जिम्मेवारी योजनालाई छ भने त्योभन्दा उत्तरतिर सेनाले निर्माण गर्नेछ ।

एक दिनमै कालापानी, ताक्लाकोट
महाकाली करिडोर अन्तर्गत निर्माण हुन लागेको दार्चुला–तिंकर सडक निर्माण सम्पन्न हुन सके एक दिन मै विवादित क्षेत्र कालापानी र चीनको तिब्बतसम्म पुग्न सकिने छ ।

यो सडक निर्माण सम्पन्न भएपछि दार्चुलाले मात्रै नभएर देशकै आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने भएकाले सरकारको प्राथमिकतामा समेत परेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिह ठगुन्नाले बताए ।

दार्चुलाबाट दुई पटक निर्वाचित ठगुन्ना आफ्नो मूख्य प्राथमिकतामा परेको सडकको निर्माण कार्य सुस्त भएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउँछन् । ‘जुन गतिमा निर्माण कार्य हुनुपर्ने हो, सो हुन सकेको छैन, सरकारवालाहरुले यो सडकको महत्व बुझेर निर्माण कार्यलाई दु्तता दिनेछन् भन्ने विश्वास लिएको छु ।’ मन्त्री ठगुन्नाले भने ।
-लेखापढीका लागि पदम बडालले तयार पर्नु भएको समाचार 

100% LikesVS
0% Dislikes
Spread the love !
  • 1.9K
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1.9K
    Shares