कागजके फूल कविता कृतिमाथि अन्तरराष्ट्रिय विमर्श


लेखक : लेखापढी      ६ बैशाख २०७८, सोमबार २०:३१ मा प्रकाशित     
कागजके फूल कविता कृतिमाथि अन्तरराष्ट्रिय विमर्श

हरियाणा । ६ चैत
मनुमुक्त मेमोरियल ट्रष्ट, हरियाणाको आयोजनामा हिजो वैशाख ५ अर्थात अप्रेल १८ का दिन सिंहानिया विश्वविद्यालय, राजस्थानका कुलपति डा. उमाशंकर यादवको कविता कृतिमाथि अन्तरराष्ट्रिय विमर्श कार्यक्रम सम्पन्न भयो ।

प्रविधिका माध्यमबाट सम्पन्न भएको सो विमर्श कार्यक्रममा केंद्रीय हिंदी निदेशालय, भारत सरकार, नई दिल्ली का सहायक निदेशक एवम् पूर्व राजनयिक डा. दिपक पाण्डेयको अध्यक्षता, हिमाचल प्रदेश केंद्रीय विश्वविद्यालय, धर्मशालाका कुलाधिपति डा. एचएस बेदीको प्रमुख आथित्य एवम् डा. पंकज गौडको सञ्चालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा मनुमुक्त मेमोरियल ट्रष्टका प्रमुख ट्रष्टी डा.रामनिवास मानवले सहभागी अतिथि एवम् वक्ताहरुको परिचय प्रस्तुत गरेका थिए ।

अन्तरराष्ट्रिय विमर्शमा कागजके फूल कृतिमाथि नागरी लिपि परिषद्, नई दिल्लीका महामंत्री डा. हरिसिंह पाल, नेपाल प्रज्ञा प्रतिष्ठान, काठमाडांैको पत्रिका समकालीन साहित्य का सम्पादक डा. पुष्करराज भट्ट एवम् जयपुर (राजस्थान) का असिस्टेंट कलेक्टर विजयसिंह नाहटाले आफ्नो समीक्षात्मक मन्तव्य राखेका थिए । यस्तै हिन्दी साहित्य अकादमी (मरिशस) का अध्यक्ष डा. हेमराज सुन्दर, तथा इग्नू, दिल्ली का एकेडमिक काउंसलर डा. विदुषी शर्मा ले पनि कृतिमाथि आफ््नो विचार प्रस्तुत गरेका थिए । कविता कृतिमाथि समीक्षा प्रस्तुत गर्ने वक्ताहरूले यस कृतिमा मानव मनको सूक्ष्म अनुभूतिको अकृतिम अभिव्यक्ति रहेको बताए । विविध भाव र विभिन्न रंगका कारण यी कविता पाठकका लागि प्रेरणादायी बनेको र यसले मनमा नया उर्जा संचार गर्ने कुरामा जोड दिए ।

कवि डा. उमाशंकर यादवले आफ्नो रचनाप्रक्रियामाथि प्रकाश पारे । उनले आफ्ना प्रतिनिधि कविताको वाचन समेत गरे ।

 

100% LikesVS
0% Dislikes
Spread Your Love !!!