कोरोना तिम्रो मुहार हेर्न मन लाग्यो


[ss_social_share]
लेखक : लेखापढी      ५ बैशाख २०७८, आईतवार १७:५८ मा प्रकाशित     
कोरोना तिम्रो मुहार हेर्न मन लाग्यो

जगत् कै सर्वश्रेष्ठ प्राणी
हुँ भन्ने मान्छेलाई
भयभित बनाएर घरमा लुक्न बाध्य बनाउने,
कोरोना, तिमी कस्तो छौ ?
अजंगको छौ वा सुक्ष्म ?
तिम्रो मुहार हेर्न मन लाग्यो।

ख्वाक्क खोक्यो
हल्का हाच्छ्यौं गर्यो
अनि अलिअलि जीउ तात्यो भने,
मान्छे हरु तिमी मेरो शरीरमा आयौ भन्ठानेर
म देखि टाढा टाढा भाग्छन्
अनि मलाई छि:छि र दुर्दुर गर्छन्,
मान्छे मान्छे बिचमा दुरि ल्याइदिने
कोरोना तिमी कस्तो छौ ?
अजंगको छौ वा सुक्ष्म ?
तिम्रो मुहार हेर्न मन लाग्यो।

आज मान्छे मान्छेसँग तर्सिएको छ
हातमा हात मिलाएर सामाजिक एकता कायम गरौं भन्ने
नारा लगाउने मान्छे
हात मिलाएकै भरमा अस्पतालको बेडमा पुगिरहेको छ
अनि माक्स नलगाई हिडेकै भरमा चितामा जलिरहेको छ
मान्छेलाइ घाट मा र अस्पतालको खाटमा पुर्याइदिने,
कोरोना तिमी कस्तो छौ ?
अजंगको छौ वा सुक्ष्म ?
तिम्रो मुहार हेर्न मन लाग्यो।

साथीभाइ संग रमाउन नदिने
विद्यालय जान नदिने
हाई गर्दै अल्छी मान्दै दिन काट्न बाध्य बनाउने
अनि सारा मानव जातीलाई नै आफ्नो कब्जामा लिने,
कोरोना तिमी कस्तो छौ ?
अजंगको छौ वा सुक्ष्म ?
तिम्रो मुहार हेर्न मन लाग्यो।

न ठूलो भन्छौ न सानो
न  गरिब, न धनी
सबैको पिछा गर्छौ,
अनि मान्छेलाई  लास बनाउछौ
विधवा, विदुर र टुहुरा बनाउछौ
काखहरु रित्याउछौ
अनि सबैलाइ एक्ल्याउछौ
आखिर यति सारो निर्दयी र स्वार्थी
कोरोना तिमी कस्तो छौ ?
अजंगको छौ, वा सुक्ष्म ?
तिम्रो मुहार हेर्न मन लाग्यो।


✍️ आयुष बडाल
धुलिखेल,काभ्रे
अध्ययन:काठमाडौ युनिभर्सिटी।


कुकर्म – कथा

100% LikesVS
0% Dislikes
Spread the love !
  • 75
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    75
    Shares