‘बादल’लाई गृहमन्त्रीमा आजै पुनर्नियुक्ति गरिने; साँझ ५ बजे शपथ


लेखक : लेखापढी      ५ बैशाख २०७८, आईतवार १२:२० मा प्रकाशित     
‘बादल’लाई गृहमन्त्रीमा आजै पुनर्नियुक्ति गरिने; साँझ ५ बजे शपथ

प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई गृहमन्त्रीमा आजै पुनर्नियुक्ति गर्ने भएका छन् । रामबहादुर थापा ‘बादल’ले पुनः गृहमन्त्रीको शपथ लिने भएका छन् ।

संघीय संसद् सचिवालयले आइतबार पदमुक्त भएको सूचना टाँस गरेपछि बादलको राष्ट्रियसभा सदस्य र मन्त्री पद दुवै रिक्त भएको थियो ।

उनलाई संविधानको धारा ७८ (२) अनुसार आजै ६ महिनाको लागि मन्त्री नियुक्ति गर्न लागेको प्रधानमन्त्री ओलीको सचिवालयले जानकारी दिएको छ । संविधानमा सांसद पदमा बहाल नरहे पनि ६ महिना मन्त्री बन्न सक्ने व्यवस्था छ ।

बादलको साँझ ५ बजे राष्ट्रपति भवनमा शपथग्रहण हुने तय भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

100% LikesVS
0% Dislikes
Spread Your Love !!!