कर्णाली प्रदेशमा ‘फ्लोर क्रस’ गर्ने तीनजनाले पाए मन्त्री पद, शपथ लिँदै


लेखक : लेखापढी      ५ बैशाख २०७८, आईतवार ११:११ मा प्रकाशित     
कर्णाली प्रदेशमा ‘फ्लोर क्रस’ गर्ने तीनजनाले पाए मन्त्री पद, शपथ लिँदै

 कर्णाली प्रदेशमा ‘फ्लोर क्रस’ गर्ने नेकपा (एमाले)का तीन पूर्वनेताले आज मन्त्री पदको शपथग्रहण गर्दै छन् ।

उनीहरूलाई शनिबार साँझ कर्णाली मन्त्रिपरिषद्ले शपथ खुवाउने निर्णय गरेर आइतबार बिहानै प्रदेश प्रमुखको कार्यालयमा पत्र पठाइएको सांसद विन्दमान विष्टले जानकारी दिए । शपथको समय भने तय गर्न बाँकी रहेको उनको भनाइ थियो । आइतबार नै तीनजना मन्त्रीहरुलाई शपथ खुवाउने तयारी गरिएको हो ।

नन्दसिंह बुढा (डोल्पा), अमरबहादुर थापा (दैलेख) र कुर्मराज शाही (कालीकोट)लाई मन्त्री पदको शपथ गराउने तयारी गरिएको कर्णाली प्रदेश सरकारकी प्रवक्ता विमला केसीले जानकारी दिइन् ।

फ्लोर क्रस (पार्टीको ह्वीप उल्लंघन गर्नेमध्ये कुर्मराज शाहीलाई उद्योग, पर्यटन, वन तथा वातावरण, नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारी, अम्मरबहादुर थापालाई भौतिक पूर्वाधार विकासमन्त्री बनाउने निर्णय भएको विष्टको भनाइ छ ।

कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले सरकारमा सहभागी हुने नीति नरहेको बताए ।

पार्टीको ह्वीप नमानेर माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका शाहीलाई साथ दिएको भन्दै एमालेले तीजनालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निस्कासन गर्न सिफारिस गरेको छ ।

100% LikesVS
0% Dislikes
Spread Your Love !!!