साहित्य सम्बन्धी पाँच सेन्यू


[ss_social_share]
लेखक : लेखापढी      ५ बैशाख २०७८, आईतवार १७:४० मा प्रकाशित     
साहित्य सम्बन्धी पाँच सेन्यू

१.
कवि-पाठक
पाठक पनि कवि
मित्रता दरो ।

२.
मान- सम्मान
साहित्यका पण्डित
अघोरी बाबा ।

३.
सर्व सुलभ
साहित्यको बजार
ग्राहक शून्य ।

४.
सृजनशील
सदैव रित्तो हात
साहित्यकार ।


शब्दको जाल
साहित्य परिभाषा
चेतना शून्य ।


किशन पाैडेल
हेटौंडा 


हाइकू समसामयिक विश्व साहित्यको जल्दोबल्दो कविता हो । याे  कविता लेखनको एउटा शैली हो । हाइकू कविताभित्र विम्बको प्रतिविम्ब हुन्छ । हाइकू रचना जम्मा ३ हरफमा सत्र अक्षरीय (५–७–५) शास्त्रीय संरचनामा बाँधिएर प्राकृतिक किगोको बिम्बात्मक प्रयोगद्वारा लेखिने सूक्ष्म अभिव्यक्तिको माध्यम हाइकु हो ।  विसं. २०१९ सालमा शंकर लामिछानेले नेपालमा हाइकु भित्र्याएका हुन्  ।-लेखापढी म्यागजिन 
100% LikesVS
0% Dislikes
Spread the love !
  • 154
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    154
    Shares