दीपज्योतिमा पाँच पुस्तक विमोचन एवम् वसन्त काव्य वाचन


[ss_social_share]
लेखक : लेखापढी      ४ बैशाख २०७८, शनिबार १८:४३ मा प्रकाशित     
दीपज्योतिमा पाँच पुस्तक विमोचन एवम् वसन्त काव्य वाचन

काठमाडौं । ४ वैशाख
दीपज्योति आवासीय मावि (गोंगबू) काठमाडौंले हरेक नयाँ वर्षको प्रारम्भमा आयोजना गर्ने वसन्त काव्य वाचन आज सम्पन्न भएको छ । विद्यालयका संस्थापक प्रिन्सिपल एवम् व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्रनरसिंह अधिकारीको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक जीत अधिकारीले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथिका रुपमा प्रा.डा.रमेशचन्द्र अधिकारी रहेका थिए ।

कार्यक्रममा कवि डी.वी. अधिकारीका पाँच पुस्तक फाटेको डोको (कविता), आत्मचिन्तन (कविता), भावनाका रङ्ग (कविता), मेरो खोज (कविता) एवम् बाल संसार (बाल कविता) को प्रमुख अतिथि एवम् अतिथि वर्गबाट विमोचन भयो । विमोचित कृतिमाथि भवानी मैया पन्त, डा.पुष्करराज भट्ट, श्रीहरि फूयाँल, डा. विदुर चालिसे एवम् डा. शैलेन्द्रुप्रकाश नेपालले मन्तव्य राखेका थिए ।

कार्यक्रममा साहित्यिक उमेश पाण्डेयले स्वागत मन्तव्य राखेका थिए । समारोहमा राजेन्द्र घिमिरे सागर, वासुदेव ठकुरी, धरणी गुरागाईँ, तारा केसी, डा. सत्यराज थपलिया, कृष्णकिसु न्यौपानले लगायतका दुई दर्जन जति स्रष्टाले रचना वाचन एवम् हास्य कलाकार शैलेन्द्र्र सिंखडाले प्रहसन शैलीमा कविता वाचन गरेका थिए ।

कृतिका लेखक डी.वी. अधिकारी, प्रमुख लेखक प्रा.डा. रमेशचन्द्र अधिकारीले आफ्नो मन्तव्य राखेका थिए ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •