जयनगर–कुर्थासम्म पहिलो चरणको रेल सेवा बैशाखमै सञ्चालन हुन्छ, ढुक्क हुनुहोस् : मन्त्री नेम्वाङ


[ss_social_share]
लेखक : लेखापढी      ४ बैशाख २०७८, शनिबार १९:४० मा प्रकाशित     
जयनगर–कुर्थासम्म पहिलो चरणको रेल सेवा बैशाखमै सञ्चालन हुन्छ, ढुक्क हुनुहोस् : मन्त्री नेम्वाङ

जनकपुरधाम । भौतिक पुर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले वैशाखभित्रै रेल सञ्चालन गर्ने दाबी गरेका छन् । जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री नेम्वाङले पहिलो चरणको जयनगर–जनकपुर रेल वैशाखभित्रै सञ्चालन गर्ने बताएका हुन् ।

“जयनगर–कुर्थासम्म पहिलो चरणको रेल नयाँ वर्षमै सुरु गर्ने सरकारको तयारी छ,” उनले भने, “कोरोना महामारी भयावह भएन भने वैशाखको अन्तिमसम्म रेल चल्छ । ढुक्क हुनुस् ।”

उनले कर्मचारी व्यवस्थापन र कोभिड–१९ ले बाध्यात्मक अवस्था सिर्जना नगरे रेल सञ्चालन गर्न ढिलाइ नहुने बताए । 

जनकपुरको कुर्थादेखि महोत्तरी भङ्गाहा नगरपालिका–५ स्थित बिजलपुरा स्टेसनसम्म १७ किलोमिटर दोस्रो खण्डमा सञ्चालन गर्ने सरकारको तयारी छ । तेस्रो खण्डको काम मुआब्जा विवादकै कारण अगाडि बढ्न नसकेको बताए । 

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •