विद्यालयमा संक्रमित भेटिएमा एक साता बन्द गर्ने काठमाडौं महानगरको निर्णय


[ss_social_share]
लेखक : लेखापढी      ३ बैशाख २०७८, शुक्रबार १२:३६ मा प्रकाशित     
विद्यालयमा संक्रमित भेटिएमा एक साता बन्द गर्ने काठमाडौं महानगरको निर्णय

काठमाडौं महानगरपालिकाले कोरोना संक्रमित भएका विद्यालय एक हप्ताका लागि बन्द गर्न अनुरोध गरेको छ । विद्यार्थी वा शिक्षकमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएका काठमाडौँ महानगरपालिका भित्रका विद्यालय बन्द हुने भएका छन् ।

महानगरपालिकाको प्रमुखस्तरको २ गतेको बैठकको निर्णयअनुसार कोभिड १९ को बढ्दोक्रम देखिएकाले कुनै विद्यार्थी वा कर्मचारीमा कोरोना संक्रमण भएको पाइएमा उक्त विद्यालय कम्तिमा एक हप्ता बन्द गर्ने निर्णय गरेको छ ।

‘कुनै विद्यालयका शिक्षक, विद्यार्थी वा कर्मचारीमा कोरोना संक्रमण भएको पाइएमा उक्त विद्यालय अर्को सूचना नभएसम्म कम्तीमा एक हप्ता बन्द गरी वैकल्पिक माध्यमबाट शिक्षण सिकाइ गर्नु गराउनु हुन र त्यस्तो अवस्था नभएका विद्यालयहरूले सामाजिक दूरी कायम गर्ने, मास्क अनिवार्य प्रयोग गर्ने तथा साबुन पानीले राम्रोसँग हात धुने/सेनिटाइजरको प्रयोग गर्ने लगायतका मापदण्डहरूको कडाइका साथ पालना गरी अभिभावकहरू समेतको सहमतिमा विद्यालय सञ्चालन गर्नु/गराउनुहुन अनुरोध छ,’ महानगरको शिक्षा विभागका शिक्षा अधिकारी रामप्रसाद सुवेदीद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।

 

 

 

 

50% LikesVS
50% Dislikes
Spread the love !
  • 10
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    10
    Shares