कर्णाली प्रदेश सरकारले आज विश्वासको मत लिने


[ss_social_share]
लेखक : लेखापढी      ३ बैशाख २०७८, शुक्रबार १०:५५ मा प्रकाशित     
कर्णाली प्रदेश सरकारले आज विश्वासको मत लिने

कर्णाली प्रदेश सरकारले आज विश्वासतको मत लिँदै छ । आज दिउँसो २.०० बजे बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संसद्बाट विश्वासको मत लिन लाग्नुभएको हो । आजको बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने कार्यसुचि राखिएको हो ।
एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिए पछि एक महिनादेखि कर्णाली प्रदेश सरकार अल्पमतमा छ । एमालेले गएको चैत ५ गतेदेखि सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । सरकारमा सहभागी भएका एमालेका तीन जना मन्त्रीहरुले समेत राजीनामा दिएका छन् ।
मुख्यमन्त्री शाहीले संसद्बाट विश्वासको मत लिने निर्णय लिए पनि विश्वासको मत पु¥याउन कठिनाई छ । कर्णालीमा माओवादी केन्द्रका १२ जना प्रदेशसभा सदस्य छन् । माओावादीले काँग्रेस र राप्रपाको साथ लिएर पनि विश्वासको मत जुटाउने सम्भावना छैन् ।
कर्णालीमा काँग्रेसका छ र राप्रपाका एक जना सांसद छन् । अहिलेसम्म काँग्रेस र राप्रपाले पनि कसलाई सहयोग गर्ने भनेर निर्णय लिइसकेका छैनन् । सरकारले नेपाली काँग्रेसको साथसँगै फ्लोर क्रस गरेर एमाले माधव नेपाल पक्षका सांसदहरुको सहयोग पाउने र सरकार टिकाइ राख्ने सोचका साथ विश्वासको मत लिन खोजेको अनुमान छ । तर माधव नेपाल पक्षका सांसदहरुले पार्टीको निर्णय भन्दा बाहिर नजाने बताइरहेका छन् ।
माओवादी केन्द्र संसदीय दलको कार्यालयले प्रदेश सभा सदस्यहरुलाई विश्वासको मतका पक्षमा मतदान गर्न अपिल गरेको छ । प्रमुख सचेतक सीता कुमारी नेपालीले हस्ताक्षर गरेको सार्वजनिक अपिलमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दल र प्रदेशसभा सदस्यहरुलाई विश्वासको मतमा मतदान गर्न आग्रह गरिएको छ । आज मुख्यमन्त्री शाहीले विश्वासको मत लिन नसके पछि कर्णालीमा नयाँ सरकार गठनका लागि प्रक्रिया अघि बढ्ने छ । एमालेले आफ्नो नेतृत्वमा सरकार गठनका लागि अन्य दलहरुसँग परामर्श गरिहेको छ ।
प्रदेश सभा सचिवालयका सचिव जिवराज बुढाथोकीले आज बस्ने बैठकमा प्रदेश प्रमुखले प्रदेशसभाको बैठक आव्हान सम्बन्धि पत्र पढेर सुनाउने, सरकारले ल्याएका दुई वटा अध्यादेश प्रस्तुत गर्ने, सरकारले मन्त्रालयमा गरिएको जिम्मेवारी हेरफेरको जानकारीको कार्य सूचि पनि रहेको जानकारी दिनुभयो ।याे समचार गाेरखापत्र अनलाइनमा मुना हमालले लेखेकी छीन । 

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •